www.tandavnews.com
Fact ~ In search of truth

सुयोग गुरुङको ‘सानो मन’ असार २७ गतेदेखि प्रदर्शनमा

पोखरा,
ताण्डव न्यूज ।

सुयोग गुरुङको डेब्यू निर्देशनमा बनेको फिल्म ‘सानो मन’ यहि असार २७ देखि देशभर प्रर्दशनमा आउने भएको छ ।
फिल्ममा अभिनेता आयुषमान देशराज जोशी र शिल्पा मास्केलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।

म्युजिकल लभस्टोरीमा प्रदर्शन हुन लागेको फिल्मको काठमाडौँ, भैरहवा, हङकङ, र मकाउमा छायाँकन गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए ।

Batas

यस्तै नायिका शिल्पा मास्केले अन्य फिल्ममा भन्दा यस फिल्ममा आफुलाई छुट्टै क्यारेक्टरमा देख्न सकिने बताएकी छिन । सानो मनको कथावस्तु राम्रो लागेर आफुले काम गरेको उनले सुनाइन ।

यसै फिल्मबाट डेब्यू गरेका नायक सक्षम कृष्णा सुवेदीले पहिलो फिल्म भएपनि निकै मेहनत गरेको सुनाए । फिल्ममा गौरी मल्ल, बिशाल पाहारी, रस्मी भट्ट, शिशिर वाङदेल लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

फिल्म ‘सानो मन’ ओपिजी फिल्मस र ए प्लस इन्टटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.