www.tandavnews.com
Fact ~ In search of truth

असार २१ गते पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’

पोखरा ।

पोखरामा रहेको ‘हार्मोनीःद मोर्डन सङगस्ट्रेसेस अफ पोखराको आयोजनामा पोखरामा विशेष साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

दिवंगत लोकप्रिय गायिका तारादेवी र अरुणा लामाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
दुई गायिकाको स्वरलाई ट्रिब्यूट गर्दै आयोजना हुन लागेको कार्यक्रमको ‘टेस्ट अफ हार्मोनीःधुनहरुमा तारादेवी र अरुणा लामा ’शिर्षक दिइएको छ ।

Batas

कार्यक्रम आगामी शनिवार आयोजना हुन लागेको हो । पोखरा सभागृहमा हुने कार्यक्रम दिउँसो १ बजेपछि सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा अरुणा लामा र तारादेवीका लोकप्रिय कालजयी गीतहरु पोखराका गायिकाहरुले प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

सांगीतिक कार्यक्रममा संस्थामा आवद्ध सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती दिनेछन् । त्यसक्रममा गायिकाहरु ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ आदिले आफ्नो विशेष प्रस्तुती दिने छन् ।

कार्यक्रममा पोखराकै लोकप्रिय गायकहरु कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ तथा ज्ञान थापाले पनि साथ दिने छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.