www.tandavnews.com
Fact ~ In search of truth

आँखा चिम्लेर पैसा दिन्छ भन्ने भ्रममा नपर्न वायु सेवा निगमलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं ।

किस्ता तिर्न सरकारसँग पैसा मागिरहेको वायु सेवा निगमलाई एक पैसा नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन नसक्ने बताएका हुन्

नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट पारेका हुन्

प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहनु लज्जास्पद भएको बताए।

ओली प्राइभेट सेक्टरले सञ्चालन गर्दा सफल हुने तर सरकारी हुँदा असफल हुनुको कारण के हो भन्दै निगमसँग जवाफ मागेका छन् ।

प्रधानमन्त्री ओलीले निगमलाई सुधार्न आफु तयार रहेको भन्दै ठोस कार्ययोजना ल्याए थप विमान किन्न सरकारको सहयोग रहने पनि बताए ।

राष्ट्रिय ध्वजावाहक भएकाले काँध थाँप्न सरकार तयार भएपनि आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराए । सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने पनि उनले बताए ।

सधैं सरकारको मुख ताकेर नबस्ने सुझाव दिँदै ओलीले नाम वायुसेवा भए पनि दान पूण्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.