www.tandavnews.com
Fact ~ In search of truth

झापामा हात्ती आतङ्कःत्रासमा रात काट्दै स्थानिय

झापा।

दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ ।

हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्दै गएको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए । उनका अनुसार जङ्गलबाट निस्किएको हात्तीले त्यहाँका किसानको अन्नबालीसहित घरमा क्षति पुर्याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको उनले बताए ।

Batas

स्थानीय दलबहादुर राई र हेमसागर पोखरेलको खेतमा केही दिनअघि मकैबाली खाएर नोक्सानी पुर्याएको हो । हात्तीका कारण त्यस क्षेत्रका बासिन्दाले सधैँ त्रासमा रातभर जाग्राम बस्नुपर्ने भएको वडाध्यक्ष बरालले गुनासो सुनाए । बेलाबखत हात्ती बस्तीमा पसेपछि रातैभर हात्तीको त्रासमा जाग्रामजस्तै बसाइँ हुने गरेको वडाध्यक्ष बरालले बताए ।

जङ्गली हात्तीका कारण वर्षेनी सो क्षेत्रमा एक÷दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् भने अन्नबाली र घरमा दैनिकजसो क्षति पुर्याउने गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.