www.tandavnews.com
Fact ~ In search of truth

घुँडा दुख्ने समस्या के हो ? यसको प्राकृतिक उपचार कसरी गर्ने ?

शारीरिक अभ्यास नगरेका कारण कहिले के दुःख्ने त कहिले के को शिकार भइरहनु परेको छ । विभिन्न दुःखाईमध्ये घुँडा दुःख्ने समस्याले हामी धेरै पीडित बनेका छौँ ।

करिब ५० प्रतिशत बढी बिरामी घुँडा दुःख्ने हुन्छन् । यस्तो समस्या सबैभन्दा बढी उमेरका कारण हुने गर्छ । जति उमेर उति नै हड्डी खिइँदै जान्छ । चोटपटकले गर्दा हड्डीले नशा च्यापिन सक्छ । नियमित एक्सरसाइजको अभावमा यो समस्या प्राःय बल्झने गरेको पनि छ ।

उमेरको हिसाबले घुँडा खिइने हुन्छ । २५ वर्षसम्मको उमेरसम्म कुनै समस्या देखिँदैन । ३० वर्ष लागेपछि थोरैथोरै खिइन्छ । ५५ देखि ६० वर्षमा, ५५ देखि ६० प्रतिशत मानिसको घुँडाको हड्डी खिइन्छ ।

Batas

कुरकुरे हाडले गर्दा हड्डी खिइन सक्छ । कहिलेकाहीँ चोटपटकले गर्दा पनि लिगामेन्ट चुँडिने, च्यातिने हुन्छ । त्यसको बेग्लै किसिमको उपचार हुन्छ । यो समस्या जुनसुकै उमेरमा विशेष गरेर खेलकुद, आर्मी, पुलिस, बढी एक्सरसाइज गरेर छाडेका मानिसहरुमा यो समस्या हुन्छ ।

हड्डीको कुनै हाड राम्रो छ भने पनि मेनस्कसचाहिँ च्यातिएको हुन सक्छ । कहिलेकाहीँ मेनस्कस सफा गरेर पनि दुःखाइ कम गराउन सकिन्छ । मेनस्कस भनेको घुँडामा हुने नशा हो । यो च्यातिएर कहिलेकाहीँ घुँडा अड्कने समस्या पनि हुनसक्छ । यस्तो बेलामा पनि दुःखाई हुन्छ । यो समस्या समाधान गर्न च्यातिएको नशालाई झिकेर उपचार गर्न सकिन्छ । डिजेनेरेशन भएको छ भने उमेरको हिसाबले जोर्नीप्रत्यारोपण गर्न सकिन्छ ।

हड्डीमा ट्युमर र क्यान्सर भने कम जनसंख्यामा मात्र देखिन्छ । यो २ देखि ३ प्रतिशत मानिसमा देखिने सम्भावना हुन्छ । यसकारण दुःखेको छ भन्दै हेलचेक्राइँ भन्दापनि चिकित्सकिय सल्लाह लिनु अपरिहार्य छ । नत्र सोही रोगले रोगी बनाउँदै लैजान्छ र मानसिक विचलनताले अकाल मृत्युको सामना गर्नु पर्दछ ।

घुँडा दुःखाईमा ध्यान दिनुपर्ने कुराहरु

> नियमित व्यायाम गर्ने बानी बसालौँ । जस्तैः जोर्नीहरु चलाउने, सामान्य हिँडाइ आदि ।
> टुक्रुक्क अथावा पलेँटी मारेर नबस्ने ।
> मनतातो तोरीको तेलमा ३-४ थोपा (दुःखाइ कम गर्ने तेल) मिसाएर बिहान र बेलुकी हल्का मसाज गर्ने ।
> तौल घटाउने वा नियन्त्रण गर्ने ।
> तातो पानीको व्यागले सेक्ने र सुनिएको छ भने आइसले २-३ मिनेटसम्म हल्का मसाज गर्ने ।
> भर्याङ्ग वा सिँडी धेरैपटक तलमाथि नगर्ने ।

घुँडा रोगीले गरिने अभ्यासहरु यस्ता छन्

> भित्तामा अढेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्ने- १० गन्ने र १० पटक गर्ने ।
> घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुच्चालाई उठाउने- १० गन्ने र १० पटक गर्ने ।
> ढाड सिधा गरी कुर्सीमा अढेस लगाएर बस्ने, पालैपालो खुट्टा सिधा माथि उठाउने- १० गन्ने र १० पटक गर्ने ।
> दुबै घुँडाको बीचमा रुमाल राखेर च्याप्ने- १० गन्ने र १० पटक गर्ने ।
> खुट्टा सिधा तन्काएर बस्ने, दुबै हातले खुट्टाको औँला छुने कोशिष गर्ने- १० गन्ने र १० पटक गर्ने ।

(डा. संजोग कुमार क्षेत्री चित्रवन प्राकृतिक हस्पिटलका नेचुरोपेथी फिजिसियन(Alternative medicine) हुन् । यस अस्पतालमा विभिन्न नसर्ने रोग ,नसा,हड्डी र जोर्नि,प्यरालैइसिस को प्राकृतिक उपचार हुन्छ । अस्पताल भरतपुर १२ आस्था चोकमा रहेको छ ।)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.