www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका विपन्न महिलालाई बाख्रा वितरण

तनहुँ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिकाका अतिविपन्न महिलालाई बाख्रा वितरण गरेको छ ।

विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मन्त्रालयले गाउँपालिकाका २५ महिलालाई जनही दुईका दरले बोयर जातको बाख्रा वितरण गरेको हो ।

Batas

मन्त्रालयको विपन्न महिलालक्षित स्वरोजगार तथा आयआर्जन कार्यक्रमअन्तर्गत महिलालाई बाख्रा वितरण गरिएको मन्त्रालयका उपसचिव एवं सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले जानकारी दिए ।

महिलालाई बाख्रा वितरण गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक गरीब विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउनु सरकारको दायित्व रहेकाले कोही पनि गरीब हुनुनपर्ने गरी सरकारले योजना र कार्यक्रम ल्याउने बताए ।

सबै नागरिकलाई धनी बनाएर देशलाई समृद्ध बनाउने वर्तमान सरकारको एक मात्र लक्ष्य रहेको उल्लेख गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.