www.tandavnews.com
Fact ~ In search of truth

राजीव गुरुङ नेकपा प्रवेश !

ताण्डव न्यूज ।
मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ  नेकपामा प्रवेश गरेका छन्। मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन्।

मनाङेलाई टिका खादा लगाएर नेकपाको विधान र निर्देशिका हस्तान्तरण गरेर पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्। मनाङेसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरे। कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज कार्कीलाई पनि पृथ्वी सुब्बा गुरुङले नै पार्टी प्रवेश गराएका हुन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.