www.tandavnews.com
Fact ~ In search of truth

उफ् गर्मी ! जुस पिउनुहोस् !

बिनिता सुनार/ताण्डव न्यूज ।

गर्मी बढे सँगै पोखराका जुस व्यवसायीहरु निकै व्यस्त छन् । लखनचोक, राष्ट्र बैंक चोक लगायतका स्थानमा रहेका जुस पसलहरुमा जुसको तलतल मेट्न पुग्नेहरुलाई विभिन्न फ्लेभरका फ्रेस जुस बेच्ने गरेको देखिन्छ ।
राष्ट्रबैंक चोकमा ४ बर्षदेखि जुस व्यवसाय सञ्चालन गर्दै आएका अर्जुन जैसवालले गर्मी बढेसँगै जुसको व्यापार बृद्धि भएको बताउँछन् । ‘अन्य मौसममा भन्दा गर्मी मौसममा जुसको व्यापार बढ्दो छ,’ उनले भने ।

गर्मी सिजनमा लस्सी, मिक्स जुस, कटहर, खरबुजा, उखु, अनार, आँप, मौसमको जुस साथै नरिवलको पानी सबैको रोजाईमा पर्ने गरेको व्यवसायी बताउँछन् ।
पृथ्वीचोकमा रहेको बाबा जुस सेन्टरका सञ्चालिका रिता जैसवालले दिउँसै देखि जुस पिउन आउनेको संख्यामा बृद्धि भएको बताउँछिन् । ‘बिशेषगरी अन्य जुसको तुलनामा उखुको जुस बढी बिक्री हुने गर्छ,’ उनी भन्छिन्, ‘उखुको जुुसको अनेकौ फाइदाहरु छन् । त्यसैले प्रायः सबैले उखुको जुस नै खोज्ने गर्छन । फेरी यो तुलनात्मक रुपमा सस्तो पनि छ ।’

जुसको तलतल मेट्न पुगेका फूल कन्ट्याक्ट करातेका खेलाडी बिमला नेपालीले गर्मी सिजनमा जुस खाँदा आनन्द मिल्ने र स्वास्थ्यबर्दक रहेको बताउँछिन् । ‘जुस खानुका अनेकौ फाइदा छन्, । यो स्वास्थ्यका लागि फाइदाजनक र हामी खेलाडीहरुको लागि गर्मी काट्ने दरिलो उपाय पनि बनेको छ, ’ उनी भन्छिन् । उनी हप्तामा २ देखि ४ दिनसम्म जुस पिउन जुस पसल धाउने गर्छिन् ।
गर्मीमा डिहाइड्रसनको समस्या हुन सक्ने हुँदा सबैभन्दा राम्रो उखुको जुस रहेको नेपालीको भनाइ छ । उखुको जुसमा क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम र फाइबर जस्ता तत्वहरु समेत हुन्छ । यस्तै उखुको जुसमा पाइने एमीनो एसिडले तनाव उत्पन्न गर्ने हर्माेनलाई सन्तुलित राख्न मद्दत गर्ने उनले बताइन् ।

Batas

बुद्धचोक १० मा बस्ने बास्केटबल संघ कास्कीका अध्यक्ष धोजराज गुरुङ घरमा लस्सी बनाएर खाने भएपनि हप्तामा एक दुई पटक जुस पसलमै आएर जुस खाने गरेको बताउँछन् । ‘मैले बढीजसो मिक्स जुस पिउने गर्छु,’ उनले भने, ‘गर्मीमा जुसको लत नै लागेको जस्तो हुन्छ । गर्मी बढ्न साथ शितलताको लागि पनि जुुुस पिउने गर्छु ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.