www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी गीत प्रतिष्ठान कास्कीको अधिवेशन असार २८ मा

पोखरा,

ताण्डव न्युज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको १८ औं साधारण सभा तथा ७ औं अधिवेशन असार २८ गते शनिबार हुने भएको छ ।

Batas

साइमन पाटी प्यालेसमा हुने अधिवेशन सब्य र भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति गठन गरिएको छ । भने अर्को तर्फ अधिवेशन नजिकएसँगै उम्मेदवारहरु लविङमा पनि व्यस्त देखिन्छन् । अधिवेशनको तयारी अगाडि बढिरहेको दोहोरी गीत प्रतिष्ठान कास्की अध्यक्ष प्रेमराज अधिकारी बताउँछन् ।

पछिल्लो समयमा कास्कीमा चुनाव नै हुन्छ भन्ने हल्ला भैरहँदा अध्यक्ष अधिकारी भने चुनाव हुँदैन कि भन्ने पक्षमा छन् । ‘साथीहरु मिलेर अगाडि जानुहुन्छ होला । सायद चुनाव नहोला,’ उनी भन्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.