www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक विविधतामा एकता आवश्यक:मुख्यमन्त्री गुरुङ

पोखरा।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त हाम्रो समाजमा वर्षौंदेखि चल्दै आएका रीतिरिवाज, चालचलनका आधारमा विविधतामा एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा निर्मित वातावरण मैत्री शवदाहगृहको आज यहाँ उद्घाटन गर्दै उनले विभिन्न जातजाति, भाषाभाषीको नेपाली समाजको दिगो एकता अरूका लागि पनि अनुकरणीय भएको चर्चा गरे ।

Batas

कुनै पनि नाममा हुने एकता विरोधी गतिविधि हामीहरुका लागि सह्य नहुने उल्लेख गर्दै प्रत्येक धर्म, संस्कृतिप्रतिको सम्मानलाई एकापसमा कायम गर्नुपर्नेमा उनले जोड दिए ।प्रकृतिको अनुपम वरदानका रुपमा पोखरा रहेको चित्रित गर्दै मुख्यमन्त्री गुरुङले यहाँको सौन्दर्यतालाई क्षयीकरण हुन नदिन सबैको सचेतता अपरिहार्य भएको बताए ।वातावरण मैत्री शवदाहगृह निर्माणसँगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शवदाहगृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने जानकारी दिँदै यसले वातावरण संरक्षणका साथै वन पैदावारको जगेर्नामा पनि सहयोग पुर्याउने धारणा राखे ।

एभरेष्ट बैकका निर्देशक डा .बालगोपाल वैद्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शवदाहगृह निर्माणमा सहयोग गरेको बताउँदै यसको उपयोगसँगै संरक्षणमा जोड दिन आग्रह गरे ।कार्यक्रममा निर्देशक वैद्यले शवदाहगृह महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका थिए ।

एक करोड ३० लाखको लागतमा निर्मित आधुनिक शवदाहगृहमा एउटा शव जलाउन एक सय किलो दाउरा र एक घण्टा २० मिनेट मात्र समय लाग्ने कार्यक्रममा जानकारी दिइयो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.