www.tandavnews.com
Fact ~ In search of truth

गाेरखाका एसपीले रक्सी खाएर प्रदेशका डिआइजीलाइ थर्काएपछि . . .

पोखरा : गोरखामा केही दिन अघिदेखि एउटा घटनाले डरलाग्दो रुप सिर्जना गरेको छ। गत साता बुधबार रातिदेखि गायव यारुबगरका व्यवसायी धनकमल गुरुङको अवस्था अज्ञात छ। उनलाई आक्रमण गर्नेसमेत नौजना अझै बेपत्ता रहेको घटनाले प्रहरीको टाउको दुखाएको छ। यसैबारेमा बुझ्न असार १८ गते बुधबार बिहानै प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेले गोरखाका एसपी भोला रावललाई फोन हाने।

रावलले डिआइजीको फोन नउठाएको तीन दिन भइसकेको थियो।  पटक पटक फोन गर्दा पनि सम्पर्क नभएपछि डिआइजीले प्रहरीकै सञ्चारमार्फत् गोरखाका एसपीलाई फोन गर्न निर्देशन दिए। तर, पनि फोन आएन। केही बेरपछि एसपी रावलले डिआइजीलाई आफैं फोन गरे तर रक्सीले मातेर बेसुर भएर।

‘उहाँले मलाई फोन गरेर गाली गरेर त उल्कै गर्नु भो नि! गीत गाउनेदेखि सारा गर्नुभो,’ एसपी रावलले रक्सी पिएर फोन गरेको पुष्टि गर्दै डिआइजीले भने, ‘अत्ति भयो भनेर यहाँबाट चेकजाँच गर्न एसएसपीसापको टिम पठाएँ। गोरखा अस्पतालकै डाक्टरलाई बोलाएर मेडिकल गर्दा रिपोर्ट पोजेटिभ देखियो।’

Batas

जिल्लाको एसपीलाई त्यसै उठाउनुभन्दा अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाउन लागिएको डिआइजी घिमिरेले बताए। ‘माथिको आदेश र यहाँको अनुसन्धानको रिपोर्ट कुरेर बसेको छु,’ उनले भने, ‘अनुशासनभन्दा बाहिर गएकाले त्यसैअनुरूप कारबाही हुन्छ।’ प्रदेश प्रहरीको प्रमुखको भूमिकामा आएपछि घिमिरेले हरेक दिन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म जिल्ला प्रमुखहरूलाई प्रदेशमा फोन गरी कार्ययोजना सुनाउनै पर्ने नियम बनाएका थिए।

‘दैनिक कार्ययोजना सुनाउनु पर्ने मान्छे तीन दिनदेखि बेपत्ता,’ घिमिरेले भने।  यस विषयमा बुझ्न एसपी भोला रावललाई फोन गर्दा आफूले गीत गाएको अस्वीकार गरे। उनले भने, ‘कस्ले भन्यो यस्तो? कहाँ मैले गीत गाएर सुनाउनू।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.