www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ कारागारका कैदीमा छालाजन्य रोग

तनहुँ ।

machhapuchre
madi

तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०÷१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखा परेको हो ।

एक महीनाअघि २०÷२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताए ।

कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ उनले भने, “दमौली अस्पतालमा पनि उपचार हुन नसकेका केही कैदीबन्दीका समस्यालाई पोखरासम्म पठाएर उपचार गरी निको पार्ने काम गरेका छौँ ।”

केही कैदीबन्दीमा टाउँको दुख्ने, रिँगटा लाग्ने रुघाखोकी जस्ता समस्या पनि देखापरेको छ उनले भने, “केही व्यक्तिमा कारागार चलान भएपछि हुने डिप्रेशन र बढ्दो गर्मी मौसमका कारण टाउको दुख्ने र रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ ।”

पैँतीस जना क्षमताको उक्त कारागारमा १३९ कैदीबन्दी रहँदै आएको कारागारका निमित्त जेलर नारायण अधिकारीले बताए ।ठाउँको अभावमा आठ महीनाको अवधिमा १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको उनले बताए ।

कारागारमा हाल थुनुवा ६७ कैदी ७२ गरी १३९ कैदीबन्दी रहेका छन् । गर्मी समयमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने समस्याले गर्दा रातको समयमा सुत्न कठिनाइ भोग्नुपरेको कारागारका चौकीदार नरबहादुर थापाले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.