
सुशान्त गाहा मगर,
तान्डव न्युज।
लेखनाथ उद्योग बाणिज्य सँघको २३ औं बार्षिकोत्सबको अवसरमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।
देशलाई लोडसेडिङबाट मुक्त पार्न योगदान पु¥याएको भन्दै आज (शुक्रबार) आयोजित २३ औं स्थापना दिवस तथा बार्षिकोत्सब कार्यक्रमको अवसरमा घिसिङ सम्मानित भएका हुन् ।
नेपाल उद्योग बाणिज्य महासँघका अध्यक्ष भवानी राणा तथा आयोजक सँस्थाका अध्यक्ष कृष्णहरी भण्डारीले घिसिङलाई माला, खादा तथा सम्मापत्र प्रदान गरे ।
सम्मान ग्रहण गर्दै कार्यकारी निर्देशक घिसिङले देशलाई लोडसेडिङ मुक्त बनाउन आम नागरिकको भुमिका उल्लेख्य रहेको बताए । उनले अरु केही ठुलो काम नगरेको बताउदै एक कर्मचारीको कर्तब्य मात्र निभाएको बताए ।
‘हरेक कर्मचरीले आ–आफ्नो जिम्मेवारी पुरा गर्नपर्छ, उनले भने, ‘हामी जिम्मेवार पदमा रहेका जोकोही कर्मचारीले कार्यक्षेत्रको कर्तब्य बिर्सनु हुदैन, मैले मात्र नभई बिद्युत प्राधिकरणका १२ हजार कर्मचारीको जिम्मेवारीबोधकै कारण हरेक बर्ष घाटामा हुने हामी नाफामा आउन सकेका हौं, देशलाई लोडसेडिङ मुक्त बनाउन सफल भएका हौं ।’
घिसिङले सेवाग्राहीको कुनै पनि कामलाई कर्मचारीले वेवास्ता गरेको खण्डमा कारवाही गर्ने समेत बताए । उनले पछिल्लो समय वान डुअर सर्भिस समेत लागु गरेको जानकारी दिए ।
जुनसुकै प्राधिकरणको शाखामा सेवा तथा मिटर लिन पुगेका जोकोही सेवाग्राहीलाई समयमै मिटर जोड्ने मिति तोकिदिने बताउदै कुनैपनि सेवामा ढिलाई नहुने बताए ।
प्राधिकरणका कुनै पनि कर्मचारीले सेवाग्राहीलाई कुनै बाहनामा आलटाल गर्न नहुने बताउदै त्यस्तो गरेको खण्डमा सिधै आफुलाई सम्पर्क गर्न सक्ने बताए ।
कार्यकारी निर्देशक घिसिङले आम नागरिकमा अझ पनि केही समय बत्ति काटिदा लोडसेडिङको भ्रम रहेको उल्लेख गरे ।
‘अहिले पनि जनतामा भ्रम छ, केही समय लाईन काटिायो भने लौ लोडसेडिङ भयो भन्नुहुन्छ ।, उनले भने, ‘केही समय प्राबिधिक कारणले गर्दा बिद्युत अबरुद्ध हुने गर्छ ।’
घिसिङ २४ सै घण्टा बिद्युत प्रवाह भएको कारण उद्योगी ब्यबसायीहरुलाई पछिल्लो समय केही सकरात्मक सहयोग भएको सुनाए ।
उनले गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा उर्जाको सबैभन्दा सम्भाबित प्रदेश रहेको बताउदै प्रदेश सरकारले सोही अनुरुप नीति तथा कार्यक्रम अघि सार्नुपर्ने समेत बताएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.