www.tandavnews.com
Fact ~ In search of truth

साउनदेखि गण्डकीका सबै सांसदले स्वकीय सचिब राख्न पाउने

पोखरा : गण्डकी प्रदेशका सबै सांसदहरूले आगामी आर्थिक वर्षदेखि स्वकीय सचिव राख्न पाउने भएका छन्। नायव सुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिव नियुक्त गर्न पाउने भएको सरकारका प्रवत्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

‘स्वकीय सचिवमा नायक सुब्बा स्तरको ब्यक्ति नियुक्त गर्न पाइन्छ’ बस्नेतले भने, ‘त्यसको लागि सरकारले बजेटको ब्यवस्था गरेको छ। यस लाई अघि बढाउन मन्त्रिपरिषद बैठकबाट बसेर ऐन संशोधन गरी निर्णय हुन्छ।’   यस अघि सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्ष दलको नेताहरूले स्वकीय सचिव राखिसकेका छन्।

सरकारले स्वकीय सचिव राख्न पाउने निर्णय गरेसँगै अहिले अरु सेवा सुविधा लिएर स्वकीय सचिव नपाएका पार्टीका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूले पनि स्वकीय सचिव पाउने छन्। नयाँ आर्थिक वर्षपछि गण्डकीका ४९ जना सांसदले स्वकीय सचिव राख्नेछन। अरुले भने यस अघि नै स्वकीय सचिव राखेका छन्।

Batas

हाल प्रदेशसभामा नेकपाका ४०, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन), समाजवादी पार्टी (नयाँ शक्ति) २ सांसद छन्। बिहीबार मात्रै प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा प्रवेश गरेर नेकपाको सांसदको संख्या ४० पुर्‍याउँदै प्रदेश सभामा नेकपाको दुई तिहाई पुर्‍याएका हुन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.