www.tandavnews.com
Fact ~ In search of truth

विप्लवको चरणवद्ध आन्दोलनः कैलालीका अधिकांश वडा कार्यालयमा तालाबन्दी

पोखरा ।

चरणवद्ध आन्दोलन अन्तरगत विप्लव नेतृत्वको माओवादीले कैलालीका वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले कैलालीका अधिकांश वडा कार्यालयमा तालाबन्दी गरेका छन् । धनगढी उप –महानगरपालिकाका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ ।
विप्लव समुहले तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती –महाकाली ब्यूरोको पर्चा राखिएको छ ।

Batas

सरकारको राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको जनाइएको छ ।सरकारले लगाएको प्रतिवन्धको विरोधमा आफुहरुको चरणवद्ध आन्दोलन जारी रहेको जनाएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.