www.tandavnews.com
Fact ~ In search of truth

विषादी परीक्षण सुरु गर्न १ वर्ष लाग्छ : कृषि मन्त्री खनाल

पोखरा ।

विषादी प्रशिक्षणको काम सुरु गर्न कम्तीमा १ वर्ष लाग्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले बताएका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकिकृत विषादी विषदी परीक्षणको लागी समय लाग्ने बताएका हुन् । ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको विरोध भइरहेको बेला कृषि मन्त्री खनालले परीक्षणको सुरुआत गर्न कम्तीमा १ वर्ष लाग्ने बताएका हुन् ।

Batas

सरकारले ६ महिना पछि परीक्षण सुरु गर्ने भने पनि सो अवधिमा परीक्षण सुरु गर्न नसकिने मन्त्री खनालले बताए । मन्त्री खनालको अनुसार ९÷१० महिना भित्र ल्याब खडा गर्न सके परीक्षण सुरु गर्न सकिन्छ ।
यसको लागी ४ अर्ब लाग्ने जनाइएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.