www.tandavnews.com
Fact ~ In search of truth

विजयपुर खोला : पक्की पुल जिर्ण भयो डाइभर्सन बाढीले बगायो

पोखरा,

ताण्डव न्यूज ।

पर्यटकीय शहर पोखरा प्रवेश गर्ने मुख्यसडकको विजयपुर खोलामाथीको पुल जिर्ण र अस्थायी डाइभर्सन बाढीले बगाएको छ ।

Batas

पक्की पुल जिर्णभएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सन पनि सोमबार राती आएको बाढीले बगाएको हो । विजयपुर खोलामाथी रहेको पुल जिर्ण भएसँगै १० टन भन्दा धेरै भार भएका सवारी आवागमन ठप्प छ ।

पुलको स्टिल बीम चर्कँदा भारभएका सवारी आवातजावतमा रोक लगाइएको हो । डाइभर्सन बाढीले बगाएपछि पोखरा भित्रने तथा पोखरा भएर बाहिर जाने मालबाहक सवारीहरु सोमबार विहान ५ बजेदेखि सडकमै लामलाएर बसेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दैनिक ६ हजार भन्दा धेरै सवारी आवात जावत गर्ने सो पुल गत वर्षको फागुनमा जिर्ण भएको पत्ता लागेको थियो । जिर्ण बनेको नजिकै बेलीब्रीज पुल निर्माणको लागि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केहि महिना अघि मात्रै शिलान्यास गरेका थिए ।

बेलीब्रीजको लागि विभिन्न सामाग्रीहरु पनि पोखरा आइसकेको छ । गएको वर्षको फागुन अन्तिम सातामा पूल जिर्ण भएको पत्ता लागेपछि १० टन भन्दा भारबाहन गर्ने सवारीलाई नदीमा ह्वीम पाइप हालेर डाइभर्सन बनाएर आवतजावत गर्ने ब्यवस्था मिलाइएको थियो ।

सडक डिभिजन कार्यालयका इञ्जीनियर किरण सुबेदीले भने,‘ अब दुई हप्ता भित्र नयाँ बेलीब्रीज जडानको काम सकेर पुलबाट आवत जावतको ब्यवस्था हुन्छ । त्यसको लागि इटालीबाट बेलीब्रीजको सामाग्री आइसकेको छ ।’

नयाँ बन्ने बेलीब्रीज दुई लेनको र १०० टन भारक्षमता भएको ५० मिटर लामो हुनेछ । सडक कार्यालयले गत बैशाख २२ गते सगरमाथा जेजे जोइन्ट भेन्चर कम्पनीलाई २ करोड २० लाखमा ठेक्का सम्झौता गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.