www.tandavnews.com
Fact ~ In search of truth

‘सार्क फिल्म फेस्टिवल’ मा ‘बुलबुल’ र ‘टाटिनी’ बाट दुई अवार्ड

पोखरा ।

‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई वटा अवार्ड प्राप्त गरेको छ ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको फेस्टिवलमा चलचित्र ‘बुलबुल’ र छोटो चलचित्र ‘टाटिनी’ले अवार्ड जितेको हो । चलचित्र ‘बुलबुल’बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड पर्फमेन्स पाएकी हुन् ।

चलचित्र ‘टाटिनी’ले स्पेशल रिकगनाइजेशन अवार्ड पाएको छ । ‘सार्क फिल्म फेस्टिबल’ का लागी चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धामा पठाएको थियो ।

छोटो चलचित्र अविनाश विक्रम शाहको ‘टाटिनी’ र मनोजबाबु पन्तको ‘अवशेष’प्रतिष्पर्धामा थिए । यसअघि ‘सार्क फिल्म फेस्टिवल’ मा चलचित्र ‘झोला’बाट नायिका गरिमा पन्तले अवार्ड पाएकी थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.