www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुर बसपार्कको नक्साङ्कन र पर्खाल निर्माण सकियो

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ चिसापानीमा गाउँपालिकाको आन्तरिक बजेटबाट बसपार्कको नक्साङ्कन र पर्खाल निर्माणको काम सम्पन्न भएको छ ।

गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार पृथ्वीराजमार्गदेखि बसपार्कसम्म पुग्ने ५०० मिटर बाटोमा पर्खाल लगाइएको छ ।

Batas

ग्राभेल, नाला निर्माण, जग्गा सम्याउने, ढलान गर्ने लगायतका काम गर्न बाँकी रहेको पोखरेलले जानकारी दिए ।पोखरेलका अनुसार बसपार्क निर्माणका लागि चालू आर्थिक वर्षमा ३० लाख विनियोजन भएको थियो ।

पोखरेलले बसपार्क निर्माणका लागि गाउँपालिकाले आगामी आवका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बसपार्कमा करीब ५०० सवारी पार्किङ गर्न मिल्नेछ ।

डुम्रे बजारमा बसपार्क नहुँदा सार्वजनिक सवारीको व्यवस्थापन अस्तव्यस्त भएकोले माथिल्लो डुम्रे चिसापानीमा बसपार्क निर्माण थालिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष घनश्याम श्रेष्ठले बताए ।

श्रेष्ठले भने, “बसपार्क नहुँदा अहिले सडकछेउमै बस रोक्नुपर्ने बाध्यताले दुर्घटना बढेको छ र पैदलयात्रीलाई समेत आवातजावतमा समस्या छ ।”

तनहुँ र लमजुङको व्यापारिक केन्द्र डुुम्रेमा बसपार्क नहुँदा जथाभावी पार्किङ गर्नुपर्ने बाध्यता छ । बसपार्क निर्माणपछि डुम्रेको सवारी व्यवस्थापन सहज हुने श्रेष्ठले बताए ।

उनले भने, “पृथ्वी राजमार्गसँगै जोडिएको डुम्रे हुँदै दैनिक सयौँ सवारी गुड्ने गर्दछन्, त्यहीमाथि सडकमै पार्किङ गर्नुपर्ने बाध्यताले समस्या हुँदै आएको छ ।”

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाकै आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्ने लक्ष्य राखिएको बताए । “प्रत्येक वर्ष बजेट विनियोजन गर्दै कामलाई तीव्र बनाउँछौँ”, उनले भने । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.