www.tandavnews.com
Fact ~ In search of truth

सिरहामा ६ के.जी ३ सय ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

पोखरा ।

सिरहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा जिल्ला कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६ किलो ३ सय ग्राम ब्राउन सुगर सहित एक युवकलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार सिरहा गोलबजार नगरपालिका –५ का २५ वर्षीय बलिराम महतो लागूऔषध सहित घरबाटै पक्राउ परेका हुन् । महतोको साथबाट नगद २२ हजार ८ सय १० रुपैयाँ र सामसुङ कम्पनीको मोबाइल समेत बरामद भएको छ । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.