www.tandavnews.com
Fact ~ In search of truth

तीन दिन भारी वर्षाको सम्भावना,बाढी पहिरोको जोखिम

पोखरा ।

आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिन लगातार वर्षाको सम्भावना रहेकाले देशका नदीहरुमा बाढी र भिरालो भेगमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । बाढीपहिरोको जोखिम रहेका भेगमा बस्ने स्थानिय सजक रहन महाशाखाले सुझाव दिएको छ ।

बाढी पूर्वानुमान महाशाखाको अनुसार आज चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दियालगायतका जिल्लाका नदीमा बाढीको सम्भावना रहेको छ । सो क्षेत्रका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.