www.tandavnews.com
Fact ~ In search of truth

कञ्चनपुरमा शिक्षकको कुटाईबाट १३ वर्षिय छात्रको मृत्यु

पोखरा ।

कञ्चनपुरमा शिक्षकको निर्घात कुटपिटबाट एक विद्यार्थी छात्रको ज्यान गएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयममा पढ्ने माधव कलौनीको शिक्षकको कुटाईबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय कलौनी शिक्षकको कुटाईबाट घाईते भएका थिए । घाईते कलौनीको भारतको बरेलीस्थित अस्पतालमा उपचारको क्रममा गएराती ज्यान गएको हो ।

Batas

कलौनीको शिक्षकको कुटाईबाट खुट्टा भाचिएको थियो भने छातीमा गम्भिर चोट लागेको थियो । असार १३ गते शिक्षकहरुले पिटेका थिए । विद्यार्थीलाई कुटपिट गर्ने ३ शिक्षकसँगै प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.