www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा

सुशान्त गाहा मगर,

ताण्डव न्यूज ।

राष्ट्रिय खेलकुद परिषको संयोजन तथा पश्चिमाञ्चल खेलकुद बिकास समितिको आयोजनामा हुने गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

Batas

पोखरा रङ्गशालामा असार २६ र २७ गते आयोजना हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज (बुधबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

पश्चिमाञ्चल खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले (छात्र÷छात्रा) भलिबल, एथलेटिक्स, कवड्डी, उसु, कराँते र तक्वान्दो गरी ६ बिद्याका खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।

उनका अनुसार गाउँपालिका, नगरपालिका तथा जिल्लास्तरिय खेलकुद प्रतियोगिताबाट छनौट भएका ११ जिल्लाका ९१३ खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् ।

उक्त प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद रु २० हजार सहित गण्डकी प्रदेशको राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिने योगीले बताए । उनका अनुसार दोसा्रे हुने जिल्लालाई नगद रु १५ हजार सहित ट्रफि प्रदान गरिनेछ भने तृतीय हुने टिमले १० हजार सहित ट्रफि प्राप्त गर्नेछ ।

उनले बिभिन्न बिद्याको खेलमा प्राप्त गर्ने स्वर्ण पदकको आधारमा यस बर्षको प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रनिङ शिल्ड हात पार्ने उल्लेख गरे ।

प्रतियोगिताको समापनका दिन प्रदेश नं. ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरि बिभिन्न स्थान हासिल गरेका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई गण्डकी प्रदेशको तर्फबाट सम्मान गरिने पश्चिामञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

उनका अुनसार गण्डकी प्रदेशले प्रथम, द्वित्तिय र तृतीय गरि कुल ९३ पदक जितेको थियो । ब्यक्तिगत खेलको बिजेता, उपबिजेता तथा सान्त्वना स्थान हाुिसल गर्ने खेलाडीलाई क्रमश १० हजार ७ हजार र ५ हजार प्रदान गरिने श्रेष्ठले बताए ।

उनका अनुसार समुह खेलमा प्रथम, द्वित्तिय र तृतीय स्थान हासिल गर्नले खेलाडीहरुलाई क्रमश ७ हजार ५ हजार र ३ हजारले सम्मानिग गरिनेछ भने प्रशिक्षकहरुलाई क्रमश ५ हजार ३ हजार र २ हजार प्रदान गरिनेछ ।

सोही कार्यक्रमसँगै आगामी २०७७ सालमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा संचालन गर्नका लागि झण्डोतोलन गरिने समेत श्रेष्ठले जानकारी दिएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.