www.tandavnews.com
Fact ~ In search of truth

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी शिवा खड्का पक्राउ

चितवन ।

चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ ।

चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन् ।

उनी पार्टीको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.