www.tandavnews.com
Fact ~ In search of truth

नदीपुर र मणिपाल जोड्ने मोटरेवल पुल

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माण गरिएको छ ।

पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण गरिएको हो ।

स्टिल ट्रष्टबाट निर्मित आर्क ब्रिजको सम्पूर्ण काम सम्पन्न भएर सो पुल हुँदै शुक्रबारबाट यातायातका साधन सञ्चालनमा आएको वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले बताए ।

पोखरा नजिकका ग्रामीण भूगोललाई मुख्य राजमार्ग र शहरसँग जोड्न र यातायातको सम्पर्क स्थापित गर्न पनि पुल निर्माणबाट मद्दत पुगेको छ ।

यसअघि पृथ्वीचोक र महेन्द्रपुलमा रहेका पुलको क्षमता सवारी चापको तुलनामा कमजोर हुँदा लामो समय ट्राफिक जामको समस्या सर्वसाधारणले भोग्दै आएका थिए ।

यसका साथै सो पुल हुँदै यहाँको मणिपाल शिक्षण अस्पताल पुग्नको लागि समेत सहज बनेको छ भने बजारको ट्राफिक व्यवस्थापनमा पनि सहज हुने विश्वास गरिएको छ ।

सडक विभागअन्तर्गतको केन्द्रीय पुल महाशाखाको ११ करोड २५ लाख लागतमा पुल निर्माण गरिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.