www.tandavnews.com
Fact ~ In search of truth

कुन पालिकामा केलाई प्राथमिकता ?

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

स्थानीय सरकारले असार १० भित्रमा आफ्ना नीति तथा कार्यक्रम सहित बजेट पनि सार्वजनिक गरेका छन् । स्थानीय सरकारहरुले आफ्ना नीति तथा कार्यक्रमहरुमा आपूmलाई लोकप्रिय बनाउनेदेखि जनताले परिवर्तनको अनुभूति हुने गरी योजनाहरु समावेश गरेका छन् ।

सात वटा स्थानीय तह रहेको पर्वतका सबै पालिकाहरुले पनि देशका अरु पालिकाहरु जस्तै आफ्ना नीति तथा कार्यक्रमहरु सहित बजेट पनि सार्वजनिक गरिसकेका छन् ।

Batas

जडीबुटीको प्रवद्र्धनदेखि केबलकार चलाइने

जलजला गाउँपालिकाको गाउँसभा बैठकमा गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल रामकृष्णले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्व सम्मत रुपमा पारित भयो । गाउँपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सरसफाइ, पर्यटन विकास लगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

लक्षित समुदायको आर्थिक स्तर उकास्ने लक्ष्य लिएको छ । योजना छनौटमा जनसहभागिता वृद्धि गर्ने, सन्तुलित र न्यायोचित विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । अध्यक्ष मल्लले जडीबुटी खेती प्रवद्र्धन गर्ने, स्थानीय स्रोत साधानहरुको समुचित प्रयोग गर्ने, जलविद्युत र उद्योग कलकारखाना सञ्चालन गर्ने विषय पनि प्राथमिकतामा रहेको उल्लेख गरे । अघिल्लो वर्षहरुमा विकासको जग बसालेको र अबको समय जग उकास्ने काममा ध्यान दिने अध्यक्ष मल्लले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाले सबै वडामा सहज सडक बनाउने, सबैको पहुँचमा शिक्षाको अवसर सिर्जना गर्ने, कर घटाउने र दायरा बढाउने लक्ष्य लिएको छ । ढुङ्गा, गिटी, बालुवाको उत्खननमा कडाई गर्ने गाउँपालिकाको कार्यक्रम रहेको छ । तरकारी खाद्यान्न र फलफूलका पकेट र ब्लक बिस्तार गर्ने, सङ्कलन केन्द्र र चिस्यान केन्द्र बनाउने, सबै स्वास्थ्य चौकीहरुको स्तरोन्नति गर्ने कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ । सफा शौचालय सफा गाउँ घर, बनाउने हाम्रो ध्यान नारा दिएर सरसफाइमा विशेष जोड दिइएको छ ।

फलामेडाँडाबाट केबलुकार चलाउने योजना समेत गाउँपालिकाले बनाएको छ । कालीगण्डकीमा ५० मेगावाटको जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन भैसकेको र आगामी वर्ष काम सुरु गर्ने योजना रहेको अध्यक्ष मल्लले जानकारी दिए ।

बैँक तथा वित्तीय संस्था र सहकारीको विकासमा पनि गाउँपालिकाले जोड दिएको छ भने सूचना र सञ्चारलाई पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । गाउँपालिकामा आर्थिक उपार्जनका नयाँ–नयाँ सम्भावना खोजी गरि नागरिकहरुको जीवनस्तर उकास्ने गाउँपालिकाले योजना बनाएको छ । दलित, महिला, जनजाति, बालबालिका, जेष्ठ नागरिक, युवाहरुका लागि विशेष कार्यक्रम समेत गाउँपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने सोचमा रहेको छ ।

कुश्मा नगरपालिकामा स्मार्ट सिटीको लक्ष्य

पर्वतको कुश्मा नगरपालिकाले स्याटेलाइट सिटीको रुपमा विकास गर्ने कार्यक्रम सहित आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो नगरसभामा आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रामचान्द्र जोशीले कुश्मालाई स्याटेलाइट सिटीको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।

गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकामा अत्याधिक चाप बढ्न थालेपछि महानगर वरपरका पर्वतको कुश्मा र फलेबास, स्याजाबजार, तनहुँको शुक्लागण्डकी र लमजुङको मध्य नेपाल नगरपालिकालाई स्याटेलाइट सिटीको रुपमा विकास गर्न बजेट बिनियोजन गरेको छ ।

पोखरामा रहेका शैक्षिक, भौतिक र अन्य सुविधाहरुलाई क्रमशः स्याटेलाईट सिटीहरुमा बिस्तार गर्ने लक्ष्य अनुसार कुस्मा नगरपालिकाले पनि यसलाई अघि बढाउन थालेको प्रमुख जोशीले बताए । कुश्मालाई अग्ला पुलको शहर र सहासिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य समेत नीति तथा कार्यक्रमले लिएको छ । यसका लागि पर्यटकीय पूर्वाधारको निर्माण तथा प्रचारप्रसारको कामलाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।

यसैगरी कुस्मा नगरपालिकाले संघ र प्रदेशको साझेदारीमा व्यवस्थित शहर बनाउने सडकहरुको गुरुयोजना बनाउने र एकीकृत पूर्वाधार विकास गुरुयोजनालाई अगाडि बढाउने भएको छ । कुश्मा बजारमा सबै किसिमका भवन निर्माण गर्दा अनिवार्य स्वीकृति लिनु पर्ने कुरामा कडाइ गर्ने भएको छ । नगरपालिकाभित्र स्वीकृति नलिई भवन बनाउने काम तीब्र रुपमा भैरहेको छ भने पुराना भवनहरुको अभिलेखीकरण समेत हुन सकिरहेको छैन ।

नीति तथा कार्यक्रममा कुश्मा नगरपालिकालाई खुल्ला प्लास्टिक र सिसा मुक्त बनाइने उल्लेख छ । अहिलेसम्म कुश्मालाई स्वच्छ, सफा र हराभरा नगरपालिकाको रुपमा विकास गर्न आधुनिक प्रविधियुक्त फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने उल्लेख छ । पिपलटारीमा बर्थिङ्गसेन्टर सञ्चालन गर्ने र नगरपालिका भित्रका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यचौकीको स्तरोन्नति गरिने भएको छ ।

कुस्मा नगरपालिकाले आगामी आर्थिक वर्षमा २ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरि प्रोजेक्टरबाट पढाउने व्यवस्था मिलाउने भएको छ भने न्यून विद्यार्थी भएका विद्यालयलाई एकीकरण र समायोजन गर्ने भएको छ । नगरपालिकाले एक वडा एक नमुना कृषि फार्म बनाउने, आगामी दुई वर्षभित्र कुश्मालाई दुग्धजन्य पर्दा, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना पनि ल्याइएको छ । प्रत्येक वडामा एकएक वटा पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य समेत नीति तथा कार्यक्रमले लिएको छ ।

फलेवासमा जलाशययुक्त आयोजनादेखि कृषि फर्मसम्म

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका अनुसार नगरपालिकाले कालीगण्डकी जलाशययुक्त आयोजना, प्रदेश जोड्ने जैमिनी पोखरा सडक, सामुदायिक विद्यालयको शैक्षिक गुुणस्तर र एक वडा एक कृषि फार्मलाई विशेष जोड दिएको छ । कफी बगैचा कार्यक्रम, कृषि बजार, अकबरे खुर्सानी खेती, एक टोल एक हलो वितरण जस्ता कृषकमुखी योजनामा बजेट बिनियोजन गरिएको शर्माले बताए ।

नगरपालिकाले अधिकांश गत वर्षका योजनाहरुलाई दोहो¥याएको पाइएको छ । नगरपालिकाले एक वडा एक नमुना भाँडाकुडा तथा घरेलु सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा विस्तारलाई पनि जोड दिएको छ ।

नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्दै जीवनस्तर सुधार गर्ने, उद्यमशील तथा व्यवसायी नागरिकको सिर्जना गर्दै पुँजी निर्माण गरी नगरको आर्थिक वृद्धि गर्ने, सुखी, खुसी तथा आफ्नो अधिकार प्रति सचेत र आफ्नो कर्तव्यप्रति जागरुक नागरिक तयार गर्ने, विकासबाट प्राप्त लाभहरुको समन्यायिक वितरण मार्फत सामाजिक न्याय सुनिश्चिता भएको नगर निर्माण गर्ने लगायतका उद्देश्य नगरपालिकाले लिएको छ ।

भौतिक पूर्वाधार विकासतर्पm सडकको विस्तार गरी नगरको कुनै पनि बस्तीबाट सडक सञ्जालमा पुग्न ५ मिनेट भन्दा बढी समय नलाग्ने गरी सडक यातायातको विस्तार गर्ने महत्वपूर्ण आकाङ्क्षा राखिएको छ ।

यस्तै, ओमशान्ति भवन, सामुदायिक भवन, सहकारी भवन निर्माण, काठका पोललाई फलामे पोलले विस्थापन गर्ने, नगरमा स्वच्छ एवं गुणस्तरीय खानेपानीको सहज आपूर्ति गराउने लगायत छन । भूमिविहीन आवास कार्यक्रम अन्तरगत तिन पुस्तादेखि भूमिविहीन रहेका घर परिवारलाई आवास निर्माणमा सहयोग गरी आवास व्यवस्थापन योजना पनि अगाडि सारिएको छ ।

यसैगरी, फलेवास नगरपालिकालाई मानव तथा सवै जीवहरुको लागि बस्न योग्य स्थान बनाउन क्लिन फलेवास ग्रिन फलेवास कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने योजनालाई पनि नगरपालिकाले विशेष जोड दिएको छ ।

विद्यालयहरुमा सोलार, कम्प्युटर, इन्टरनेटको व्यवस्था गरी शिक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यतर्पm सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुंच स्थापनाका लागि नगरमा थप वर्थिंग सेन्टर स्थापना, महिला स्वास्थ्य स्वंयसेविका प्रोत्साहन,औषधी व्यवस्थापन, ल्याब सेवा विस्तार र निरन्तरता, महिला स्वास्थ्य स्वंय सेविकाको सम्मानजनक बिदाई, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा, प्रेषण गर्नु पर्ने सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, विपन्न वर्गका विरामीको साथमा नगर प्रमुख कार्यक्रम र स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन गर्ने पनि उल्लेख छ ।

पर्यटन विकासतर्पm डहरे तथा जलजला क्षेत्रमा खुला चिडियाखाना बनाउने, लोकतान्त्रिक योद्धाहरुको स्मरणका लागि निर्माण गर्न लागिएको मनमोहन शान्ति बाटिकाको पूर्वाधार निर्माण, होम स्टेमा पूर्वाधार निर्माण, सातमुले क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास, आवश्यक स्थानमा पदमार्ग निर्माण, ऐतिहासिक कोत तथा मन्दिर संरक्षण, संबद्र्धन, लगायतका उद्धेश्यहरु पनि नगरपालिकाले लिएको छ ।

यस्तो छ महाशिला गाउँपालिकाको योजना

महाशिला गाउँपालिकाले पनि सामान्यातः अन्य पालिकाहरुमा पनि अगाडि सारिएका नीति तथा कार्यक्रमहरुलाई नै व्यवहारमा उतार्दै छ । गाउँपालिका प्रमखु राजु पौडेलका अनुसार उत्पादनमुलक तथा छिटो प्रतिफल दिने विषय, जनताको जीवस्तर उकास्ने कार्यक्रम, स्थानीय स्रोत सीप र साधनको प्रयोग एवं स्थानीय सहभागिता, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक न्याय, दिगो विकास, वातावरणीय संरक्षण तथा संवद्र्धन, पारदर्शिता, उत्तरदायित्व, सूचनाको हकमार्फत सुशासनको अभिवृद्धि लगायतका पक्षमा विशेष जोड दिइएको छ ।

महाशिलाको सरोकार एक घर एक रोजगार भन्ने मूल नाराका साथ सुरु भएको महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लैजाने, एक घर एक टनेल कार्यक्रमलाई निरन्तरता दिने, गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउन पर्यटन पूर्वाधारको विकासका लागि काम गर्ने, लिमे पारकोटे पाडापाडी संरक्षणका लागि योजना बनाउने, वडाहरुमा व्यावसायिक फर्म सञ्चालन गर्ने, शिक्षा क्षेत्रलाई प्रविधि मैत्री बनाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि थप विद्यालयलाई प्रोजेक्टर अनुदान लाई निरन्तरता दिने, विद्यालयमा जंक फुड निषेध गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सञ्चालनको गर्ने, गाउँपालिकालाई नो होम डेलिभेरी घोषणा गर्ने, जाँड रक्सी जुवा तास विरुद्धको अभियानलाई निरन्तरता दिई पूर्ण सार्थकता दिलाउने लगायतका विषय नीति तथा कार्यक्रममा छन् ।

१६ बस्तीलाई नमुना बनाउँदै मोदी गाउँपालिका

मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार गाउँपालिकाले अगामी वर्ष गाउँपालिका भित्रका १६ वटा बस्तीलाई नमुना बनाउने गरी प्रस्ताव गरेको छ । जिल्लाको आन्तरिक आय धेरै हुने गाउँपालिकाको रुपमा रहेको मोदी गाउँपालिकाले आगामी वर्ष गाउँपालिका भित्रका १६ वटा बस्तीलाई नमुना बस्तीको रुपमा विकसित गर्ने गरी बजेटको व्यवस्था गरिएको हो । बजेटमा कृषि, पशुपालन र लघु उद्यमलाई प्राथमिकतामा राखिएको छ ।

उद्यम प्रवद्र्धनका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी कृषि बजारको स्थापना गर्ने तथा कृषिजन्य वस्तुको ढुवानीमा सहुलियत प्रदान गर्ने गरी बजेट प्रस्ताव गरिएको प्रवक्ता लामिछानले जानकारी दिए । गाउँपालिकालाई सम्बृद्ध बनाउन

सम्बृद्धिका पाँच आधार, जल विद्युत, कृषि, पर्यटन पर्यावरण र पूर्वाधार भन्ने मूल नाराका आधारमा बजेट प्रस्ताव गरिएको छ । आगामी वर्ष अपाङ्ग तथा दलितलाई स्वरोजगार तर्फ उन्मुख गराउने तथा पर्यटन क्षेत्रको विकास गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको छ ।

जिल्लाका बिहादी गाउँपालिका र पैयूँ गाउँपालिकाले पनि अन्य पालिकाहरुले ल्याएका जस्तै मिल्दाजुल्दा योजनाहरु नीति तथा कार्यक्रममा समेटेका छन् । पालिकाहरुले ल्याएको बजेटलाई हेर्ने हो भने अधिकांशको चिन्तामा सडक परेको छ ।

सबैजसो पालिकाहरुले बाँड्ने रकमलाई सड्कमा खर्च गर्ने गरी प्रस्ताव गरेका छन । शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि लगायतका क्षेत्रमा भने पालिकाहरुले आवश्यक ध्यान दिन नसकेको गुनासाहरु पनि आइरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.