www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीको नयाँ कार्यसमिती गठन,अध्यक्षमा क्षेत्री

पोखरा,
ताण्डव न्यूज ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कास्कीको ७ औँ अधिवेशन तथा १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमिती चयन गरेको छ । सम्पन्न ७ औं अधिवेशनले अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा कार्य समिती गठन भएको हो ।

Batas

समितीकाे प्रथम उपाध्यक्षमा ज्ञानेश्वर सुवेदी, द्धितिय उपाध्यक्षमा तुलसा क्षेत्री, महिला उपाध्यक्षमा जुना क्षेत्री, सचिवमा माधव चापागाई र सह–सचिवमा मधु चापागाई चयन भएका छन् । कोषाध्यक्षमा सबिना गुरुङ, सह–कोषाध्यक्षमा रिता कुँवर र प्रवक्तामा परशुराम अधिकारी चुनिए ।

कार्यसमितीको सदस्यमा गोविन्द कोइराला, दिपक अधिकारी, सुनिल गायक, दुर्गा क्षेत्री, प्रकाश बराल, नारायण सुनार, नवराज अधिकारी, दिवकर भण्डारी, बिनोद विश्वकर्मा, गंगा त्रिपाठी र सुरशे भुर्तेल छानिएका छन् ।

कार्यक्रममा प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदी, पुर्व अध्यक्षहरु पदम गुरुङ्ग, जीवन दाहाल, केशव देवकोटा र शिवहरि ढुंगानालाई सम्मान गरिएको थियो ।

त्यस्तै अग्रज गायक बाला अधिकारी र उच्चतम शैक्षिक योग्यता हाँसिल गर्ने कलाकार ज्ञानेश्वर सुवेदीलाई सम्मान गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.