www.tandavnews.com
Fact ~ In search of truth

गल्ती !

जीवनमा अहिले सम्म हामीले कति पटक गलत बाटोहरु रोज्यौ होला ? कति पटक गल्तीहरु ग¥यौ होला ? के हामी ती गल्तीहरुको गन्ती गर्न सक्छौ त ? अवश्य सक्दैनौ । हाम्रा मानसपटलमा ती कति रहन्छन् कति रहदैनन् । गल्ती प्रायः अन्जानमा नै हुन्छन् ।

रेडियोमा कार्यक्रम संचालन गर्दा लागुपदार्थका पूर्व प्रयोगकर्ताहरुसंग कुराकानी गर्ने मौका पाएकी थिए । लागुपदार्थको लतमा फसेका युवाहरुले त्यस लतबाट निस्कनका लागि गरेका संघर्षका कथाहरु त्यसमा जोडिएको थियो । जे जस्तो कारणले लतमा फसेपनि अन्तमा अब म यसबाट निस्कन्छु भन्दा त्यस दलदलबाट निक्लन नसकेको अवस्था रहन्छ । त्यसबखतमा परिवार, साथी समाजको सहयोग अपरिहार्य हुन्छ ।

लतमा फस्नु गलत भयो तर त्यसको पश्चातप गरी निस्कने आँट गर्नु ठूलो कुरा हो । तर त्यसका लागि परिवार र समाजको निरन्तर हौसला चाहिन्छ । हाम्रोमा हौसला दिनु त परको कुरा पटक पटक त्यहि पुराना गल्तीहरुलाई कोट्याएर गालीगलौज गर्ने गरिन्छ । समाज पुर्नस्थापना हुन नसक्दा कति युवाहरु पुनः लतको बाटोमा लाग्ने गरेको, कसैले अपराधको बाटो, कसैले आत्महत्याको बाटो रोजेको स्थिति हामीसंग छ ।

Batas

गल्ती हुन्छन् तर त्यसलाई प्रयाश्चित गरिसकेपछि स्वीकार गरिदिनुले महत्व राख्दछ । गल्ती चाहे ससाना हुन् चाहे ठूल्ठूला । बुझेर जानेर कसैले पनि गल्ती पक्कै गर्देन । कसैले कुनै पनि बाटो रोज्नुमा उसको परिस्थिति, उ हुर्केको वातावरण, उसको साथीसंगत र उसका आफ्ना सिकाईहरुले भुमिका खेल्दछ ।

एक यौनकर्मी महिलालाई हाम्रो समाजमा सहज रुपले स्वीकार गर्ने अवस्था छैन । उनको आफ्नो बाध्यताले यौन पेशा अगाल्नपुग्छिन् र अन्तत पेशा उनको बाध्यता बन्दैन आवश्यकता बनिदिन्छ । विद्यालयमा जादाँ खेरि त्यतिबेलाको मेरै उमेरकी यौन पेशा अगांलेकी बहिनीसंग भेट भएको थियो । उनको बारेमा हाम्रो टोलभरि गाईँगुईँ हल्ला चलिरहन्थ्यो । उनी छिमेकको होटलमा काम गर्थिन् ।

एउटै उमेरको हामी उनी यौनकर्मीको पेशामा लाग्नुपरेको अवस्था थियो र म झोला बोकेर पढ्न जान्थे । उनलाई राम्रो भन्ने ओट र मायाले हेर्न आँखा कमै थिए । उनी हिडेको बाटोमा टोलभरिका सबले आँखा तरेर हेर्दथे । तर उनलाई त्यसले खासै फरक नपरेको जस्तो देख्थ्यिो । उनी आफ्ना लिपिस्टक लगाएका राता ओठहरुबाट निस्केका उन्मुक्त हाँसो फैलाउथिन् ।

यस विषयमा मेरा बुझाईहरु त्यतिबेला कम थिए तर पनि उनीप्रति निकै सहानुभुति आउथ्यो मलाई किन थाहा छैन । उनीसंग लुकेर कुरा गर्दथे । उनी भन्थिन्, ‘गाउँमा मेरो वच्चा पनि छ उसको बाउ को हो मलाई थाहा छैन । म अब यो काम गर्दिन भनेर पनि सुख छैन । मलाई कसले अरु काम दिने ? कसैले माया गर्देनन् अनि मलाई पनि यस्तै भईरहनु मन लाग्छ ।’ उनले त्यतिबेला भनेको यी कुराहरुको अर्थ बल्ल बुझ्दै आए ।

समाजले स्वीकारेर जस्तो सुकै पेशा अपनाएपनि सम्मान दिन सक्ने हो भने उनले सायद यौनकर्म छाड्ने थिईन् । अहिले उनी मेरै उमेरकी छिन् । म यो लेखमा उनीसंगको भेटलाई लेख्दैछु र उनी कुनै पुरुषलाई बन्द कोठामा खुसी पार्ने प्रयत्न गर्देछिन् कि अरु नै केही ।

यी मात्र नभएर जीवनका ससाना विगतका गल्तीहरुले हामीलाई वर्तमानमा असर पु¥याईरहेको हुन्छ । हामीलाई त्यसलाई जति सामान्य लिएतापनि हाम्रा परिवेशहरुले ती गल्तीहरुलाई हाम्रा अगाडि ल्याएर तेर्साईदिईरहन्छ । बीना गल्ती कसैले पनि जीवनमा सफलता हासिल गर्न सक्दैन । गल्ती गर्दे त्यसबाट सिक्दै अगाडि बढ्दै जानुले नै महत्व राख्दछ । तर हाम्रोमा कसैको विगतका गल्तीहरुलाई लिएर आजको वर्तमानमा दुःख दिने मनसायले ल्याईन्छ ।

हालसालैको पत्रकार रवि लामिछानेको घटनालाई नै हेर्न सक्छौ । उनका विगतलाई कोट्याएर अतिरञ्जित बनाएर उनको प्रतिष्ठामा आँच पु¥याउने कार्य भएको थियो । धेरैले उनको विगतका विषयलाई लिएर उनीप्रति नकरात्मक टिप्पणीहरु गरेका थिए । हामी अहिले वर्तमान जे छौ त्यसले महत्व राख्नुपर्नेमा विगतलाई कोट्याउन किन आतुर बन्छौ ? विगत जोकोहीको हुन्छ । र तीनमा दागहरु पनि पक्कै हुन्छन् । यति हो कसैले त्यसलाई ढाक्नमा निपुण हुन्छन् कोही हुदैनन् ।

हरेक मानिसको विगत र वर्तमानको छवि फरक हुन सक्दछन् । विगतका गल्तीहरुका कारणले उ आजको एक सुन्दर व्यक्ति बनेको छ भने त्यसलाई हामीले किन स्वीकार नगर्ने ?

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.