
ताण्डव न्यूज ।
मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखला नेपालले २–० ले जितेको छ। आइतबार भएको दोस्रो खेलमा नेपाल ६ रनले विजयी भयो। १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन बनायो। मलेसियाका लागि सिएद अजिजले अर्धशकिय पालि खेले पनि जित दिलाउन सकेनन्।
अमिनुद्दिन राम्लीले २४ तथा वीरनदीप सिंहले २३ रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। त्यस्तै अविनाश बोहरा र कप्तान पारस खड्काले एक एक विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले नटआउट ५१ रन बनाए।
शरद भेषवाकरले ४० रनबनाउँदा कप्तान पारस खड्काले २३ रन बनाए। मलेसियामा अभ्यास गरेर नेपाली टोली त्यतैबाट सिंगापुर जानेछ। आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्स जुलाई २० देखि २९ सम्म सिंगापुरमा हुँदैछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.