www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस बैठक ‘लेबी’मा केन्द्रित

पोखरा ।

जारी काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा लेबी(पार्टीले तोकेको रकम)को विषयमा छलफल भएको छ ।

बैठकमा केन्द्रीय सदस्य रमेश लेखकसंयोजक रहेको पार्टी नियमावली मस्यौदा समितिले हरेक तहका पार्टी पदाधिकारीले ‘लेबी’ तिर्नुपर्ने नियमावली प्रस्ताव गरेको छ ।

Batas

तर पार्टीको अभ्यासविपरित लेबी उठाउन लागिएको भन्दै काँग्रेसभित्रै नेताहरुबीच विमति देखिएको छ ।
काँग्रेसमा अहिले पार्टी केन्द्रीय कार्यालय र संसदीय दल चलाउन मन्त्री र सांसदबाट निश्चित रकम लिने व्यवस्था रहेको छ ।

त्यस्तै पार्टी नियमावली मस्यौदा समितिले नीति तथा सिद्धान्तविपरित सार्वजनिक रुपमा बोल्न नपाइने, भातृ तथा शुभेच्छुक संगठन पार्टीमुखी हुने नियमावली प्रस्ताव गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.