
अछाम ।
अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।
आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिए ।

जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पतालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.