
पोखरा ।
बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा नेपाली काँग्रेस जुट्ने भएको छ ।
काँग्रेसले देशमा निम्तिएको प्राकृतिक प्रकोपबाट प्रभावित बनेकाको उद्धार तथा राहतमा जुट्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै प्रभावितको सेवामा लाग्न निर्देशन दिएका हुन् ।
राजनैतिक आग्रह–पूवाग्रह त्यागेर पिडितको पिडामा सहभागी हुन देउवाले आग्रह गरेका हुन् ।विज्ञप्तिमा विपत्तिको यस घडिमा केन्द्रीय कार्यसमितिको बैठक स्थगत गरेर सम्पुर्ण रुपले उद्धार र राहतमा समर्पित हुन आग्रह गरिएको छ ।
उद्धार र राहतमा तीव्ररुपमा लाग्न सुझाव दिदैँ प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई काँग्रेसले आग्रह गरेको छ । त्यस्तै सरकारको कामको अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वर्षा र पहिरोका कारण जीवन गुमाउने छ दर्जन भन्दा बढी नागरिकको परिवारजनप्रति काँग्रेसले समवेदना व्यक्त गरेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.