www.tandavnews.com
Fact ~ In search of truth

भरतपुरमा ग्यास आगो लाग्दा ५ घाइते

चितवन ।

भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हुँदा पाँच व्यक्ति जलेर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसहरुले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको वेतिया घर भएका पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा भारतको वेतियाका १८ वर्षीय विकास कुमार, १५ वर्षीय विकास कुमार, २२ वर्षीय शिव कुमार, २५ वर्षीय मनोज पासवान र २२ वर्षीय इन्द्रदेव पासवान गरेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पौडेलको घर डेरा गरी बस्ने उनीहरुले खाना बनाउने क्रममा ग्यास चुहिएको थियो ।स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.