www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : बाढीका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३१ बेपत्ता

पोखरा
ताण्डव न्यूज ।

बाढीका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार असार २६ गतेदेखिको अविरल वर्षका कारण आएको बाढीले बेपत्ता हुनेको संख्या ३१ पुगेको छ ।यसैगरी ३८ जना घाइते भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् ।

हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ ।गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।
उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।

Batas

हेर्नुहोस् पुरा विवरण

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.