www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका उत्कृष्ट ६ वन समूह पुरस्कृत

तनहुँ ।

डिभिजिन वन कार्यालय तनहुँले जिल्लाका छ वटा वन समूहलाई मङ्गलबार पुरस्कृत गरेको छ ।

वन क्षेत्रको विकासमा सफल भएका सामुदायिकका तीन र कबुलियतीका तीन वन समूहलाई नगदसहित पुरस्कृत गरिएको हो । जिल्लामा सामुदायिकतर्फ ६१३ र कबुलियतीतर्फ ४८५ वटा वन समूहमा आबद्ध रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

पुरस्कृत हुनेमा सामुदायिक वनतर्फ म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक प्रथम, व्यासनगरपालिका –११ स्थित धारापानी द्वितीय र शुक्लागण्डकी नगरपालिका– १२ स्थित जलविरे कदमपानी वन समूह तृतीय भएका छन् । उनीहरुले क्रमशः आठ, छ र चार हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी कबुलियतीतर्फ आँबुखैरेनी गाउँपालिका–४ स्थित गैँडाटार कबुलियती प्रथम, शुक्लागण्डकी नगरपालिका–८ स्थित लामे द्वितीय र व्यास नगरपालिका –११ स्थित बागेचौर कबुलियती वन समूह तृतीय भएका छन् । उनीहरुले क्रमशः सात, पाँच र तीन हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे ।

डिभिजन वन कार्यालय तनहुँले आयोजना गरेको आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यालयका प्रमुख केदार बरालले उक्त वन समूहलाई आज पुरस्कृत गरेको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.