
पोखरा
ताण्डव न्यूज ।
गण्डकी सरकार विरुद्ध १५ वटा मुद्धा अदालतमा परेको छ ।
सरकार गठन भएको झण्डै साँढे २ वर्षको अबधिमा सरकार विरुद्ध १५ वटा मुद्धा परेको हो । कर्मचारी समायोजन देखि विद्यालय ब्यवस्थापन समितिसम्मको मुद्धा गण्डकी सरकार विरुद्ध परेको मुख्यन्यायधीवक्ताको कार्यालय गण्डकीले जानकारी दिएको छ ।

‘नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भयो यस बिचमा धेरै काम भइरहेका छन्, असन्तोषहरु भइरहन्छन्, अनि मुद्धा पर्छ,’ गण्डकी प्रदेशका मुख्यन्यायधिवत्ता राजेन्द्र घिमिरेले मंगलबार संसदिय पत्रकार मञ्च गण्डकीले गरेको साक्षात्कार कार्यक्रममा भने, ‘सरकार विरुद्ध १५ वटा मुद्धा परे । यि मध्ये ४ वटा फैसला नै भइसके ।
दुई वटा कर्मचारी समायोजन सम्बन्धी र अरु बाटो बनाउने विषयको, फेवाताल संरक्षणको लागि पोखरा महानगरले निकालेको सूचना विरुद्ध पोखरा महानगर र गण्डकी सरकार विरुद्धको मुद्धा फैसला भइसक्यो ।’
कुन कुन विषयमा परे मुद्धा ?
गण्डकी सरकार विरुद्ध विभिन्न १० शिर्षकका १५ वटा मुद्धा परे । ति निम्नानुसार छन् ।
१० कर्मचारी समायोजन सम्बन्धी
२० फेवाताल संरक्षण र सुकुम्बासी सम्बन्धी
३० गाउँपालिकाको केन्द्र हेरफेर सम्बन्धी
४० ग्रामिण सडक विस्तार सम्बन्धी
५० विद्यालय ब्यवस्थापन समिति गठन सम्बन्धी
६० क्रसर उद्योग सम्बन्धी
७० सभामुख र उपसभामुख एकै पार्टीको हैन फरक फार्टीको हुनुपर्ने सम्बन्धी
८० सीटीइभीटी सम्बन्धी
९० अस्पताल सम्बन्धी
१०० अदालतको अबहेलना सम्बन्धी ।
गण्डकी सरकारले अहिले सम्म २५ वटा कानुन निर्माण गरिसकेको छ । त्यस्तै लोकसेवा आयोग सम्बन्धी ऐन लगायतका तीन वटा ऐन प्रदेश सभामा विचाराधिन छन् । २० वटा कानुनको मस्यौदा तयार भइसकेको मूख्यन्यायधिवत्ता घिमिरेले जानकारी दिए ।
कानुन बनाउनेले दण्ड दिन पाउनु पर्यो
मुख्यन्यायधिवक्ता घिमिरे कानुन बनाउने सरकारले दण्ड सजाय पनि तोक्न पाउनुपर्ने बताउँछन् । अहिले प्रदेश सरकारले बनाएको कानुनमा संघ सरकारले ब्यवस्था गरेको ऐन अनुसार संघ सरकारले नै दण्ड सजाय तोक्दै आएको छ । ‘संविधानको धारा ५७ अनुसार एकल अधिकारका कानुन बनाउ नबाजीने गरेर भनिएको छ,’ उनले भने, ‘तर, हाम्रो ऐनले हामीले दण्ड दिने अधिकार छैन । ऐन बनाउनेले दण्ड दिन पाउने हुनुपर्छ । मेरो स्पष्ट कुरा के भने प्रदेशले दण्ड सजायको ब्यवस्था राख्न पाउनुपर्यो ।’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.