www.tandavnews.com
Fact ~ In search of truth

रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनकोे १६ औँ स्थापना दिवस सम्पन्न

पोखरा ।

रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनले १६ औँ स्थापना दिवस तथा ३६५ औँ बैठक सम्पन्न गरेको छ ।

रोटियन रबि प्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा रोटरी, रोटियन, इनरह्विल र अन्य गरि १ सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा रोटा वर्ष २०१८÷१९मा आफ्नो क्लब र समितिले गरेका कार्यमाथि प्रकाश पार्दै रोटा वर्ष २०१८÷१९ का अध्यक्ष रोट्राक्टर अच्युत पौडेलले आफ्नो जिम्बेबारी रोटा वर्ष २०१९÷२० का अध्यक्ष्य रोट्राक्टर सुजन बाबु अधिकारि र उनको समितिलाई कार्यभार हस्तान्तरण गरेका थिए ।

Batas

रोटा वर्ष २०१८÷१९ मा कार्यसमितीमा रहेर क्लबमा योगदान पुर्याउनेलाई हौसला स्वरुप विभिन्न उपाधि प्रदान गरिएको थियो ।इमर्जिङ रोट्राक्टरको उपाधी रोट्राक्टर रुबी रन्जित, हाईजेस्ट एटेन्डेन्सको उपाधी रोट्राक्टर गंगा सुबेदि, रोट्राक्टर अफ दि एयरको उपाधी रोट्राक्टर रबिन सिंङ ठकुरी, मस्ट भ्यालुएबल रोट्राक्टरको उपाधी रोट्राक्टर रबि रन्जित र प्रेसिडेन्टल अवार्ड रोट्राक्टर सन्जय गौतमले हासिल गरेका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनका वर्ष २०१८÷१९का अफिसियल स्पोन्सर पोखरा UPVC उधोग, रोलिङ क्याफे, निगाता इन्टरनेशनल ल्याङ्गगोएज तथा ट्रेनिङ, होटल लेकसाइड, लेकसाईड ट्राभल्स एण्ड टुर्स र ब्लाक एण्ड व्ह्याइट अर्गानिक क्याफेलाई मायाको चिनो प्रधान गरिएको थियो।

रोट्राक्ट क्लब अफ पोखरा मिडटाउनका पुर्व अध्यक्ष्यहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले रोटा वर्ष २०१८÷१९ सफल रहेको भन्दै बधाई तथा रोटा वर्ष २०१९÷२० को लागि शुभकामना दिएका थिए। कार्यक्रममा डि आर आर इलेक्ट रोट्राक्टर सन्जिव पौडेल, रोटरि क्लब अफ पोखरा मिडटाउनका वर्ष २०१८÷१९ का अध्यक्ष सन्तोस पोख्रेल, इनरह्विल सावित्री नेपाली, जेड आर आर सुदिप प्रसाई ठकुरी ले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका पुर्व अध्यक्ष राजु पौडेलको संयोजकत्वमा गरिएको उक्तकार्यक्रममा वर्ष २०१९÷२० कि सरजेन्ट इन आर्म रोट्राक्टर कल्पना भट्टराईले रोल कल गरेकि थिइन् भने कार्यक्रमा स्वागत मन्तब्य प्रथम
उपाध्यक्ष सुबस आचार्यले राखेका थिए ।

रोटा वर्ष २०१८(१९ का सचिव रोट्राक्टर सन्जय गौतम र रोटा वर्ष २०१९÷२० का मिडिया एण्ड आइटि रोट्राक्टर सुजन कुइकेलले कायक्रम सञ्चालन गरेका थिए।सन् २००४ फेबव्ररी ६ मा स्थापना भएको पोखराको दोश्रो जेठो रोट्राक्ट क्लब, पोखरा मिडटाउन सामाजिक कार्यमा अग्रसर रहँदै आएको छ।

कार्यक्रम लेकसाईडको होटल पोखरा बाटिकामा भएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.