www.tandavnews.com
Fact ~ In search of truth

पाेखराका ड्रग्स कारोबारीसँग भेटियो ‘पेन गन’

पोखरा
ताण्डव न्यूज ।

हामीले प्रयोग गर्ने कलम अर्थात पेन जस्तै छ । तर, अलिक मोटो । हामीले लेख्दा पेनको सुइरो निकाल्नकालागि प्रयोग गरिने ट्रिगर पनि छ । तर आज कास्की प्रहरी सार्वजनिक गरेको पेनले सुइरो निकाल्दैन, गोलि निकाल्छ ।

हेर्दा ठ्याक्कै पेन जस्तै देखिने यो हतियार पेन गन हो । पोखरा २४ कास्कीकोट घर भई पोखरा ७ मासबार बस्दै आएका सागर रानाभाटसँग यो हतियार भेटिएको हो । लागू औषध सेवन, ओसारपोसार र बिक्री वितरण तथा हतियार समेत बोकी हिड्ने गरेको सूचनाको आधारमा कास्की प्रहरीले अनुसन्धान थालेको थियो ।

Batas

उनको डेरामा केही थान लागू औषध प्रहरीले बरामद गरेकाे छ । रानाभाटलाई असार ३० गते साेमबार पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.