www.tandavnews.com
Fact ~ In search of truth

गृहमन्त्रीसहितको टोली बाढी प्रभावित प्रदेश २ तिर

पोखरा ।

केही दिन अघि अविरल वर्षाको कारण आएको बाढीबाट पीडितहरुको अवस्था बुझ्न गृहमन्त्री प्रदेश २ तिर लागेका छन् ।गृहमन्त्री सहितको टोली आज बिहानै जिल्ला अवलोकनमा निस्केका छन् ।

तराईका जिल्लामा बाढी तथा डुबानबाट पुगेको क्षति, पीडितको उद्धार तथा राहत वितरणको अवस्था बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, गृहमन्त्री रामबहादुर थापा लगायत संलग्न टोली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत रौतहटको गौर पुगेका हुन् ।

Batas

टोलीमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, रौतहटका सांसद प्रभु साहलगायत छन्।

मन्त्रीको टोलीले बाढी र डुबानग्रस्त तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहालगायत जिल्ला भ्रमण गर्ने कार्यक्रम छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.