www.tandavnews.com
Fact ~ In search of truth

साउन ३ गते पोखरामा अष्ट्रेलियन हायर एजुकेसन फेयर हुँदै

विनिता सुनार,
ताण्डव न्यूज ।

अहिले उच्च शिक्षााको लागि अष्ट्रेलिया आकर्षण गन्तव्य बनिरहेको छ । त्यसकारण अष्ट्रेलियामा पढ्ने जाने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रोफेसन एजुकेशन कन्सल्टेन्सीले पोखरामा एक दिने अष्ट्रेलियन हायर एजुकेसन फेयरको आयोजना गरेको छ ।

बिहान १० बजेदेखि साझँ ५ बजेसम्म चल्ने फेयरमा अष्ट्रेलियाका १८ प्रसिद्ध युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थी र अभिभावकहरुले प्रत्यक्ष भेट गर्न पाउने कन्सल्टेन्सीका प्रबन्धक निर्देशक किशोर परियारले बताए । फेयरमा रजिस्टेसन गर्ने विद्यार्थीहरुलाई आइएलटीएसमा ६० प्रतिशत छुटको व्यवस्था समेत गरिएको उनले उल्लेख गरे ।

आयोजना हुने एजुकेसन फेयरको महत्व बताउँदै उनले विद्यर्थीहरुले विश्वविद्यालयका प्रतिनिधिसँग पर्सनल परामर्श समेत लिन पाउने बताए । ‘फेयरमा विद्यार्थीहरुको मूल्याकंन हुनेछ,’ उनले भने, ‘यसैका आधारमा योग्य विद्यार्थीहरुलाई छात्रवृक्तिको व्यवस्था समेत गरिनेछ ।’

बिगत २५ बर्षदेखि स्थापित प्रोफेसन एजुकेसन कन्सल्टेन्सीको पोखरा शाखा संचालनमा आएको झन्डै ४ बर्ष पुरा हुदैछ । यस कन्सल्टेन्सीले विदेश जान मात्र नभई विद्यार्थीहरुको र्शक्षिक तथा आर्थिक रुपमा पनि सहजीकरण गरी परामर्श दिदै आएको परियारको भनाई थियो ।

यस कन्सल्टेन्सीले अस्टे«लिया, क्यानडा, युके, यूएसए, आयरल्याण्ड, थाइल्याण्डका उत्कृष्ट विश्वविद्यालय र कलेजमा उच्च शिक्षाका लागि काम गर्दै आएको छ । यहाँबाट जान आवश्यक भिसा पक्रिया, परामर्श, कागजाज तयारी, एयरपोर्ट पिकअप र त्यहाँपुगेपछि चाहिने मार्गनिर्देशन कन्सल्टेन्सीले नै गर्ने परियारले जनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.