www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ३५ मोटरसाइकल

कास्की ।

Lama collectio News Middle

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताउँदै समयसापेक्ष पूर्वाधारमा पनि सहयोग गर्ने धारणा राखे । संविधानले व्यवस्था गरेअनुसार प्रहरी प्रदेशको मातहतमा आइसक्नुपर्ने भए पनि अझै सङ्घको मातहतमा नै रहेको उनले बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सानो सहयोगले पनि प्रभावकारी सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । सीमित साधनस्रोत भए पनि प्रहरीले देश र जनताको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले साधनस्रोत सम्पन्न बनाउन पनि आफूहरूले प्रयास गर्ने धारणा राखे ।

प्रदेश प्रहरी कार्यालय प्रमुख घिमिरेले प्रहरीले साधनस्रोतको कमी हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी सफलताका साथ बहन गर्दै आएको जानकारी दिए। प्राप्त सहयोगले सुरक्षाको प्रभावकारितामा टेवा पुग्ने उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip