www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा रङ्गशालाको डिपिआर तयार

तनहुँ ।

Lama collectio News Middle

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो ।

ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यालयको नाममा रहेको १०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी गरिएको छ । “हाल विद्यालयको नाममा १७० रोपनी क्षेत्रफल जग्गा छ, त्यहीमध्ये १०० रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्नका लागि डिपिआर गरेका हौँ”, वडाध्यक्ष रेग्मीले भने ।

नगरपालिकाले रङ्गशाला निर्माणलाई लक्षित गरेर बाटो सुधारका लागि आगामी आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिए । रङ्गशालाभित्र फुटबल मैदान, कभर्डहल, पार्किङ, चमेना गृह, टिकट काउण्टर, प्रशासनिक भवनलगायत निर्माण गरिनेछ । रङ्गशाला निर्माणका लागि करीब २० करोड बजेट आवश्यक पर्ने देखिएको वडाध्यक्ष रेग्मीले बताए।

“नगरपालिकाकै ठूलो ‘प्रोजेक्ट’को रूपमा रङ्गशालालाई लिएका छौँ”, रेग्मीले भने, “नगरपालिका एक्लैको प्रयासले मात्रै यो सम्पन्न गर्न सम्भव छैन । सबै तहका सरकारलाई रङ्गशाला निर्माणमा सहयोग गर्न अनुरोध गर्नेछौँ ।” उनका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार, नगर विकास कोष तथा अन्य दातृ निकायलाई आकर्षित गरी यथाशीघ्र निर्माण प्रक्रिया शुरु गर्नका लागि नगरपालिकाले कदम लिनेछ ।

नगरपालिकाले वडान नं ४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको जग्गामा नगर बसपार्क निर्माणका लागि पनि डिपिआर तयार गरेको छ । त्यस्तै नगरपालिका–२ एक्लेखेतमा चिस्यान केन्द्र निर्माणका लागि पनि डिपिआर तयार भएको नगरपालिकाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop