
सुशान्त गाहा मगर,
पोखरा/ ताण्डव न्युज ।
‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नारा सहित जापानको नायोगामा तेस्रो पुरुष भलिबल रनिङ कप प्रतियोगिता–२०१९ को आयोजना हुने भएको छ ।
नेपाल विद्यार्थी युनियन नागोयाको आयोजनामा आगामी साउन ११ गते (अगष्ट २७ तारिख) जापानमा रहेका नेपालीहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने लागेको युनियनका सदस्य जगन गुरुङले जानकारी दिए ।
उनका अनुसार गर्मी विदाको दिन (पोस्टल कोड) ४८८–०७७ नायोगा साङ्ग्यो युनिभर्सिटी हलमा बिहान ९ बजे देखी सञ्चालन गरिने उक्त प्रतियोगितामको बिजेता टिमले रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २ लाख रुपैयाँ प्रदान गरिनेछ ।
गुरुङले उक्त प्रतियोगितामा अनुमानित १० टिमको सहभागीता रहने बताउदै जापानमा रहेका नेपाली संघसंस्थाहरुलाई पत्राचार गरिसकेको बताए ।‘यहाँ रहेका नेपालीहरु बिच एकताको सन्देश दिने हाम्रो लक्ष्य हो, उनले भने, ‘अझ एक नेपालीले अर्काे नेपालीलाई चिन्ने वातावरण बनोस भन्ने हो र यो कार्यक्रमले नेपालीहरु बिचको सम्बन्ध सुमधुर र सामिप्यता कायम गर्न सघाउ पुर्याओस भन्ने हाम्रो उद्देश्य हो ।’
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर बन्न सफल खेलाडीहरुलाई बिधागत पुरस्कारबाट पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.