www.tandavnews.com
Fact ~ In search of truth

उद्धार तथा राहतका लागि निर्देश गर्न राष्ट्रियसभामा प्रस्ताव दर्ता

काठमाडौं ।

Lama collectio News Middle

 

प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका र हुने उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकाले उक्त प्रस्ताव पेश गरिएको हो ।

नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृषेशचन्द्र लाल र काँग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् । उनीहरुले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६६ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएका हुन् ।

उनीहरुले अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकाले सो प्रस्तावमाथि छलफल गर्नु परेको सूचनामा उल्लेख गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop