www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा नेपाली परिकार पस्कन ‘बाराही नेपाली भान्छा घर’

पोखरा
ताण्डव न्यूज ।

लेकसाइडका अधिकांश रेस्टुरेण्टका मेनु कन्टीनेन्टल, चाइनिज, इटालियन परिकारले सजिइरहँदा बाराही पथमा नेपाली परिकार पस्कने रेस्टुरेण्ट संचालनमा आएको छ । पोखराका युवा व्यवसायीको साझेदारीमा ‘बाराही नेपाली भान्छ घर’ संचालनमा आएको हो ।

रेस्टुरेण्टको आज (बिहीबार) उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष दामु अधिकारीले प्रवेशद्धारमा रिबन काटेर उद्घाटन गरे ।

Batas

रेस्टुरेण्टका संचालक मध्येका सुनिल रेग्मीले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षीत गर्दै विशुद्ध नेपाली परिकार पस्कने बताए । ‘अहिले जताततै विभिन्न देशका खाना सर्भ गर्ने रेस्टुरेण्ट मात्रै छन् । हाम्रै गाउँघरमा पाइने परिकारको स्वाद पछिल्लो पुस्तालाई त थाहै छैन । यसकारण पनि विशुद्ध नेपाली परिकारलाई प्राथमिकतामा राख्दै रेस्टुरेण्ट संचालनमा ल्याएका हौँ’ उनले सुनाए ।

रेस्टुरेण्टमा विशेषतः गाभाका परिकार, मस्यौरा, खसीको सुकुटी, लगायतका गाउँघरमा पाइने विविध परिकारहरु उपलब्ध हुने संचालकले जनाए ।

करिब ४०लाखको लगानीमा सुरु भएको रेस्टुरेण्टले १० जनालाई रोजगारी दिएको छ । हरेक बिहान ९ बजेदेखि राती ११ बजेसम्म संचालनमा रहने रेस्टुरेण्टले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.