पोखरा
ताण्डव न्यूज ।
पोखरामा एक कुखुरा फर्म भित्र चितुवा पसेको छ । पोखरा महानगरपालिका १६ स्थित सिप्लेकुनामा सोभित केसीको कुखुराको फर्ममा चितुवा पसेको जिल्ला बन कार्यालय कास्कीले जनाएको छ ।
विहान कुखुराको फर्ममा पसेको चितुवालाई ढोका लगाई थुनिराखेर केसीले जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । जिल्ला वन कार्यालयका सहायक बन अधिकृत शालिकराम पराजुली लगायतको टोलीले चितवनबाट प्राविधिकहरुको टोली झिकाएर त्यसलाई लठ्याएर बाहिर ल्याएको थियो ।
‘कुखुराको खोरमा थुनिएको चितुवालाई चितवनबाट डार्टिङ टोली झिकाएर बेहोस बनाइयो,’ उनले भने, ‘त्यहाँ ५०० कुखुरा रहेछन् । एक आपसमा चेपिएर १० वटा जति मरेका छन् ।’ धेरै कुखुरा कराएपछि चितुवाले कुखुराहरुलाई भने आक्रमण गरेन ।
नियन्त्रणमा लिएको चितुवालाई प्राविधिक टोलीले पोखराकै पचभैयामा रहेको वन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.