www.tandavnews.com
Fact ~ In search of truth

नेकपा विरुद्ध नेकपा कै कार्यकर्ता लागे : मुख्यमन्त्री गुरुङ

पोखरा

ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नेकपा विरुद्ध नेकपाकै नेता कार्यकर्ता उत्रिएको आरोप लगाएका छन् । नेकपाका सांसद तिलक महतका माता नन्दकलीको छैटौँ पुण्य तिथिको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

Batas

‘रावणले आफ्नै परिवारभित्र शत्रु भएर युद्ध हारेको हो राम बलियो भएर होइन’ उनले भने ‘यस्तो प्रवृत्ति हामीमा देखिएको छ, हामी कांग्रेसलाई गुहारीरहेका छौँ, यस्तो प्रबृत्ति विरुद्ध डटेर लाग्नुस अन्यथा हामी पार्टीलाई जोगाउन सक्दैनौ ।’ जनताको दिएको जनमतलाई कदर गरेर अगाडि बढ्नुका साटो पार्टीकै साथीहरु कांग्रेसलाई गुहार्दै पार्टी विरुद्धै लागिरहेको उनको आरोप छ ।

उनले नेकपामा हनुमान प्रवृत्ति मौलाएको बताउँदै त्इस तर्फ सचेत हुन सबैलाई आग्रह गरे । ‘नेताहरुमा सकरात्मक आलोचना समेत सहन नसक्ने र आफ्नो आलोचना गर्नेवित्तिकै विरोधी खेमाको देख्ने व्यवहारले पार्टीलाई जिवन्त बनाउन सक्दैन,’ उनले भने ।

पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पार्टी स्थायी समिति सदस्य सोमनाथ प्यासी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे लगायतका नेताहरुको सहभागिता रहेको उक्त श्रद्धाञ्जली सभामा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.