www.tandavnews.com
Fact ~ In search of truth

नियमावली मस्यौदालाई लिएर काँग्रेस नेताहरुबीच जुहारी

पोखरा ।

नेपाली काँग्रेस भित्र नियमावली मस्यौदालाई लिएर पार्टी भित्र नेताहरुबीच जुहारी चलेको छ ।

लोकतान्त्रिक पार्टीको दाबी गर्ने काँग्रेसभित्र संशोधित नियमावलीको विषयलाई लिएर विवाद बढेको हो । पार्टी सभापति पक्षधर नेताहरु र सभापति इतरका नेताहरुबीच नियमावलीको विषयलाई लिएर विवाद चुलिएको हो ।
सभापति देउवा इतरका नेताहरुले सभापति बलियो बन्न खोजेको र पार्टीलाई लगाम लगाउन खोजेको भन्दै नियमावलीको मस्यौदा सच्याउन माग गरेका छन् ।

सभापति पक्षधर नेताहरुले भने नियमावली मस्यौदा सही रहेको दाबी गरेका छन् । इतरका नेताहले भने परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.