
पोखरा ।
धनगढीमा हिजो भएको बम विस्फोटमा परि घाइते ५ मध्ये १ को ज्यान गएको छ ।
विस्फोटमा परी घाइते भएका राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । विप्लव कार्यकर्ता सिंह आफैले बोकेको बम विस्फोट हुँदा घाईते भएका थिए। उनको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।

उनीसँगै कञ्चनपुर बेलौरी –५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी –४, बोराडाडीका केशवराज पाण्डे घाईते भएका थिए । उनीहरु सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.