www.tandavnews.com
Fact ~ In search of truth

‘राम्रो बजेट आउने भए वडा नै झिलिल्ल हुन्थ्यो’

पाेखरा
ताण्डव न्यूज । 

वडा अध्यक्षको दैनिकी कसरी बितिरहेको छ ?

दैनिकी भन्नाले वडा स्तरबाट काम हुने विकासका कामहरु, यहाँका दैनिकी हुने सिफारिसका कामहरुसँगै विकास निर्माणका कामहरुमा नै दैनिकी बितिरहेका छ ।

Batas

घोषणा पत्रमा दिएअनुसार कामहरु गर्नुभएको छ त ?

घोषणापत्रमा दिएअनुसार कामहरु सम्पन्न हुन सकेका छैनन, तर हाम्रो पिरियडमा सम्पन्न भने हुनेछ । अहिले हामीले ५० प्रतिशत काम पूरा गरिसकेका छौ । घोषणापत्रमा जुन तार्गेट लिएका थियौ त्यसमा गौरवमा ठूला–ठूला योजनाहरु अझै बाँकी छन्, जसलाई महानगरपालिका, प्रदेश र सरकारले पनि पूर्ण सहयोग गर्नुपर्ने त्यस्ता योजनाहरु भने अझै ओझेलमै छन् ।

वडाका प्रमुख कुन–कुन कामहरु पूरा गर्नुभयो ?

अहिले हामीले बढी काम गरेको बनेको भौतिक पूर्वाधारका कामहरु हुन् । त्यससँगै बाटो घाटो, पुल, नालाहरु निर्माण गरिसकेका छौ । त्यसपछि अन्य कुराहरुमा वातावरण कृषि सम्बन्धी सबै कामहरु पूरा भएका छन् । अहिले देखिने गरेर अत्यन्त ठूलो बाटो निर्माण भएका होइनन कि भित्रीबाटाहरु जसमा ४ सय मिटरका, ५ सय मिटरका भित्रीबाटो निर्माण सम्पन्न भएका छन् । हामीले अहिले बृहत ठूला योजनाहरुका लागि आवाज उठाइरहेको जसमा ६ नम्बरकै गैह्रको चौतरा देखि वडा प्रहरी कार्यालय राष्ट्रबैक चोक, विरौटा हुँदै पावार हाउसको माथिल्लो डिलमा एउटा सेन्ट्रल पोइन्ट राख्ने गरेर बाइपासको कन्सेप्ट आउने भनेको छौ, तर सुरु भएको छैन । हाम्रो अहिलेको मुख्य माग भनेको नै यही हो ।

गर्न नसकेको कामहरु के के छन् ?

गर्न नसकेका कामहरुमा अहिले ठूला ठूला योजनाहरु गर्न सकेका छैनौ । तालको संरक्षणमा राज्यको ध्यान जानुपर्छ, जुन काम अहिले जानताको चासोको बिषय बनेको छ । एउटा राष्ट्रिय सम्पतिनै हो फेवाताल त्यसमा सरकारको ध्यान जान जरुरी छ, बिशिष्ट पार्कका निर्माण हुनु जरुरी छ, हामीले चाहेको कुरा बनेको त्यो नेपाल ट्रस्टको जमीन छ, हिजो राजाको पालामा बनेको त्यो हिमागृह अझै सर्वसाधारणको पहुँचमा आउन सकेको छैन । कम्तिमा यस्ता ठाउँहरुलाई प्रबद्र्धन गरी घुम्ने ठाउँ बनाउने हो भने राम्रो विकास हुने थियो ।

महानगरपालिकामै भएपनि वडा तुलानात्मक रुपमा विकसित देखिदैन कारण के होला ?

यसमा आवश्यकता धेरै छन्, तर स्रोत र साधनहरु भने कमी छन् जसका कारणले जनाताले चाहेका चाहनाहरु प्ूरा हुन सकेका छैनन । यसका निम्ति जति सोचिएको हुन्छ सबै कामहरु पूरा हुन सक्दैन, तर क्रमिक रुपमा हुँदै गएको छ ।

जनप्रतिनिधि भएर आएपछि समस्या र चुनौतीहरु केके देख्नुभयो ?

खासै ठूला ठूला समस्या र चुनौतीहरु भएनन । काम गर्न क्रममा त यस्तो भइहाल्छ । जीवन नै सघर्ष हो, संघर्ष बिना काम टुङगो त लाग्दैन त्यसकारण केहीकेही ठाउँहरुमा सटिक समस्याहरु आउँछ । यति ठुलो चुनौती र भारै पर्ने गहिरो खालका छैनन् ।

पर्यटकीय वडा भएकाले पनि गुणस्तरीय खाद्यको लागि के के–कस्तो व्यवस्था मिलाउनु भएको छ ?

खासगरी खाद्यन्न वस्तुहरु गुणस्तरीय नै हुनुपर्छ । अहिले बजारमा तरकारीहरुमा बिषदी हालेर पठाएको कुराहरु बाहिर आएको छ । अब त्यसको लागि त पहिला नाप तौत विभागले नै ध्यान दिनुपर्ने हुन्छ, त्यसमा पर्यटन सम्बन्धी व्यवसाय गर्ने व्यवसायीहरुले पनि बिशेषगरि ध्यान दिनुपर्छ । कस्तो बस्तु खानयुक्त छ या छैन भन्ने कुरा त नापतौल विभाग अथवा सरकार, महानगरपालिकाले सोचिरहेको छ, त्यसमा हामीले पनि सचेत गराइरहेका छौ । तर पोखरामा यति ठूलै परिमाणमा बिषादी भेटिएको भने छैन् । यद्यपी तरकारी तथा फलफूलहरुमा बिषादीको थोरै भएपनि प्रयोग गरिएको हुने रैछ, त्यसमा कति मात्रामा मिसाउने भन्ने मापन हुने रैछ । कति सम्म खान हुन्छ भनेर नापतौल विभागले पनि छुट्टाएको हुन्छ ।

वडागत बजेटको अवस्था कस्तो छ, त्यसमा तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?

वडाको बजेट हामीलाई चित्त बुझदो हुदैन, किनभने यहाँका जति पनि योजनाहरु छन् गर्नपर्ने कामहरु छन यो अनुसारको बजेट हामीलाई प्राप्त हुँदैन । जति बजेट हामीलाई प्राप्त हुन्छ त्यही अनुसार सबै क्षेत्रमा प्राथमिकता अनुसार समेट्ने गरि काम गरेका छौ । राम्रो बजेट आउने हो भने त देश नै झिलिल्ल हुन्थ्यो । जति आवश्यकता छ त्यो पाइएको छैन ।

बर्षायमको समयमा पानी धेरै पर्छ, तर ढल व्यवस्थित हुन नसकेकाले बाटोमै काया चलाउनु पर्ने अवस्था आएको छ यसको लागि के–के योजना बनाउनु भएको छ ?

यो अत्यन्तै जटिल बिषय बनेको छ । गतसाल यसको निवारण गर्नका निम्ति १६÷१७ लाख बजेट छुट्टाएका थियौ । त्यहाँको समस्या समाधान गर्नका लागि डे«नको सुरु ग¥यौ, तर अहिले त्यो ड्रेन बनिरहँदा पनि समस्या समाधान भएन । यद्यापि हामीले काम ग¥यौ तर नतिजा देखिएन । अस्ति भर्खरै बाटोमै काया चलाएको भिडियो भाइरल भयो र सबै साथीहरु मिलेर त्यहाँको निरीक्षण पनि ग¥यौ, त्यसको अन्तमा केही बिकल्प नै छैन ।

त्यहाँ चारै तिरको पानी आउँछ, तर जाने ठाउँ अत्यन्त सानो छ । जसले डम्पिङ भयो । अन्तत् बिकल्प नदेखिएपछि हामीले नेपाल ट्रस्टको भित्र गएर पनि हे¥यौ । ठाउँ उपलब्ध गराउनका लागि पत्र पेश पनि गरेका छौ । त्यहाँको बारेमा महानगरपालिका भित्र पनि कुरा पुगिसेको छ, सडक विभागलाई पनि भन्यौ तर बिकल्प केही छैन । अब एउटा बिकल्प भनेको सानो भएपनि पानी डाइभार्सन गर्ने सोचेका छौ । हामीले ठाउँ खोज्दा नपाएर नै हो, त्यसको निम्ति लगभग ३०÷४० लाख जुटाउन पनि गाह्रौ छ ।

वडा बासीहरुलाई के बन्न चाहनुहुन्छ ?

हामीले गर्नुपर्ने काम इमानदारी, विभेद रहित ढंगले गरेका छौ । आवश्यक सबै ठाउँहरुमा बाटो निर्माण गरेका छौ जसका लागि कुनै गुनासो राखेका छैनौ । ठूला– ठूला बाटोहरुका लागि अझै बजेटको अभाव छ त्यसैले बन्न सकेका छैनन । अब बन्न पर्ने साना भित्री बाटोहरु सबै निर्माण भएका छन ।

प्रस्तुति : बिनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.